Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिखु तामाकोसी गाउँपालिकाले ल्यायो ५८ करोड ५० लाखको बजेट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाले ११ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष केशव महतले नीति तथा कार्यक्रम र २०८०/८१ को लागी बजेट प्रस्तुत गर्नु भएको हो ।

अध्यक्ष महतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा कृषि पेशालाई व्यवसायिक र यान्त्रिकरणको गर्दै एक वडा एक उत्पादनको नीति अनुरूप पकेट बालीहरू मार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने ,सुख्खाग्रस्त भू भागलाई सिन्चाइ प्रणालीमा जोड्दै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि थोपा सिँचाइ र लिफटिङ् सिँचाइको व्यवस्था मिलाउन, वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि लक्षित कार्यक्रम सञ्चालन गरी पशुपालन व्यवसायमा आर्करषित गर्ने,कृत्रिम गर्भाधानका माध्यमबाट दूध, मासु ,अन्डा उत्पादन गरी पालिकालाई दूध, अण्डा, मासुमा आत्मनिर्भर बनाउने साथै पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग सहकार्य गर्ने, लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरूलाई सहुलियत ऋण उपलब्ध गराउन वित्तिय संस्थासँगको सहकार्यमा व्यवस्था मिलाउने,लघु उधम व्यवसायलाई प्रोत्साहन गर्ने,पालिका अन्तर्गतका कार्यालयहरूको कामलाई पूर्वाधार, उपकरण र प्रविधि मैत्री बनाउँदै लगिने उल्लेख गरिएको छ ।

त्यस्तै एक वडा एक इ लाइब्रेरी अन्तरगत पायक पर्ने स्थानमा विद्युतीय पुस्तकालय सञ्चालन गर्ने,विद्यालय समायोजनबाट अपायक भएका विद्यालयका लागि स्कुल बसको ब्यवस्था गर्ने,प्रत्येक वर्ष एस इ इमा उत्कृष्ट अङ्क ल्याउने ७ जना प्राविधिक शिक्षा अध्ययनलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

गाउँपालिकाका विद्यालयमा पठनपाठन नीतिलाई प्रभावकारी बनाउँदै लैजाने नीति पालिकाले लिएको छ । साथै अङ्ग्रेजी, गणित र विज्ञान विषयका न्यूनतम शिक्षक दरबन्दीको सुनिश्चित गर्ने कार्यक्रम पनि ल्याएको छ ।
उक्त कार्यक्रममा अध्यक्ष महतले आर्थिक वर्ष २०८०/८१ का लागि ५८ करोड ५० लाख १६ हजार १३ रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको थियो । सभाले निती कार्यक्रम,तथा बजेट पास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४