Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

को-को पुगे विश्वकप क्वालिफायरको सुपर सिक्समा ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्समा पुग्ने ६ देशको टुंगो लागेको छ । आइतबार सम्पन्न समूह बि अन्तर्गतका खेलपछि समूह बि को सुपर सिक्समा पुग्ने देशको टुंगो लागेको हो ।

समूह ए बाट सुपर सिक्समा पुग्ने तीन देशको टुंगो शनिबारनै लागेको थियो । समूह ए बाट जिम्बाबे, वेस्टइन्डिज र नेदरल्याण्डस सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् । त्यस्तै समूह बि बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

त्यस्तै टेस्ट खेल्ने देश आयरल्याण्ड आफ्ना शुरुका तीन खेलमा हार बेहोरेसँगै सुपर सिक्सको दौडबाट बाहिरिएको छ भने युएई यसअघि नै तीन खेलमा हार बेहोरेर सुपर सिक्स पुग्नबाट बाहिरिएको थियो ।

यद्यपि दुवै समूहका समूह चरणका खेलहरू खेल्न बाँकी रहेकाले समूह विजेता, उपविजेता र तेस्रो टिमको टुंगो भने लागेको छैन । त्यस्तै दुवै समूहका चौथो र पाँचौँ हुने देशले पनि सातौँ, आठौँ, नवौँ र दशौँ स्थानका लागि प्लेअफ खेल्ने हुनाले पनि यसको टुंगो समूह चरणका सबै खेल सकिएपछि लाग्ने छ । समूह चरणका अन्तिम खेल मंगलबार सकिने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४