Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप न.पा.को बजेट ७३ करोड ५८ लाख,पूर्वाधार विकास पहिलो प्राथमिकता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०८०
  • 1.2K
    SHARES

काठमाडौँ  । रामेछाप नगरपालिकाको १३ औ नगर सभाले आफ्नो पालिका मार्फत आगामी आर्थिक वर्षका लागि कुल ७३ करोड ५८ लाख ६३ हजार, ६ सय ९७ रुपैयाँ विनियोजन गरेको छ ।

उक्त बजेट मध्ये नगरले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएर २४ करोड २९ लाख ८३ हजार सात सय सन्तानब्बे रुपैयाँ विनियोजन गरेको छ । जस अन्तर्गत सडक, सिँचाइ, भवन लगायतका पूर्वाधार विकासहरू रहेका छन् ।

त्यसै गरी दोस्रो प्राथमिकतामा सामाजिक विकास परेको छ जुन शीर्षकका २ करोड ७५ लाख ३४ हजार विनियोजन गरिएको छ ।

जस अन्तर्गत शिक्षा तर्फ १ करोड ७ लाख विनियोजन गरेको छ भने स्वास्थ्य तर्फ ८७ लाख विनियोजन गरिएको छ त्यसै गरी महिला तथा बालबालिका तर्फ ८१ लख ३४ हजार ४६ हजार विनियोजन गरिएको छ ।

नगरले आर्थिक विकासका लागि कुल १ करोड १० लाख विनियोजन गरेको छ । जस अन्तर्गत कृषि तर्फ ४० लाख, पशु विकास तर्फ ४० लाख विनियोजन गरिएको छ भने राजस्व सहकारी उद्योग तथा उपभोक्ता हित संरक्षण तर्फ र ३० लाख रकम विनियोजन गरिएको छ ।

त्यसै गरी सुशासन तथा संस्था विकास तर्फ ११ लाख ६० हजार विनियोजन गरिएको छ भने वन वातावरण र विपद् व्यवस्थापन तर्फ ४६ लाख बजेट विनियोजन गरिएको छ ।

आइतबार सम्पन्न रामेछाप नगर सभाले उक्त रकम विनियोजन गर्ने प्रस्ताव गरेको हो । एक हप्ता सम्म छलफल गरेर यही असार १८ गते बजेटको टुङ्गो लाग्ने रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्कीले कार्यक्रमका अबसरमा बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४