Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

९ प्रतिशत गर्भ आफैं खेर जान्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ९ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । नेपालमा ९ प्रतिशत गर्भ आफैं खेर जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्षका महिलाको ९ प्रतिशत गर्भ आफैं खेर जाने देखिएको हो । ८० प्रतिशत शिशु जीवित जन्मिएका र २० प्रतिशतको गर्भ खेर जाने गरेको सर्वेक्षणले देखाएको छ । गर्भ खेर गएको मध्ये १० प्रतिशतले गर्भपतन गराएको र ९ प्रतिशतको आफैं खेर गएको र १ प्रतिशतको मृत बच्चा जन्मिछन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृर्तिपाल सुवेदीका अनुसार आफैं गर्भ खेर जाने अधिंकाश किशोरीवस्थाका हुन्छन् । ‘आमाको कम उमेर हुने बित्तिकै गर्भ आफैं खेर जाने हुन्छन् । बच्चा जन्माउनका लागि पाठेघर नै सक्षम भएको हुँदैन,’ डा. सुवेदी भन्छन्, ‘बच्चा बसेपछि पाठेघरको बनावोट बढ्दै बढ्दै जानुपर्ने हो । त्यस अनुसार बढ्दैन । जसका कारण आफैं गर्भ खेर जान्छ ।’

उनका अनुसार गर्भ रहनका लागि आमालाई चाहिने हर्मोन प्रशस्त मात्रामा उपलब्ध हुँदैन ।
‘बच्चा जन्माउनका लागि मानसिक वा शारीरिक रुपमा तयारी भएका हुँदैन । किशोरी अवस्थामा गर्भ खेर जाने जुन खालको जोखिम हुन्छ । त्यस उमेरमा आफ्नो शरीरलाई ख्याल राख्न सक्दैन् । आफूलाई भएको समस्या पनि खुलेर परिवारका सदस्यलाई भन्न सक्दैन । जसकारण कलिलो उमेरमै गर्भ खेर जान्छ,’ डा. सुवेदीले भने ।

कलिलो उमेर गर्भबस्दा शरीरमा रगतको अत्याधिक कमी हुने, शरीरबाट रगत धेरै खेर जाने, संक्रमण हुने र लगातार गर्भपतन भएमा पछि बाँझोपनको लगायतका समस्या समेत देखिने हुन्छ । त्यस्तै, सर्वेक्षणले गर्भपतन गराउनको संख्या पनि बढ्दै गएको देखाउँछ । पहिलो गर्भपतन गराउने २ प्रतिशत थिए भने पाँचौं वा त्योभन्दा माथि गर्भावस्थामा २९ प्रतिशतले स्वेच्छाले गर्भपतन गरेका थिए ।

चिकित्सकका अनुसार गर्भपतन गराउनुमा सबैभन्दा मुख्य कारण लिंग परिचाहन हुनु हो । अर्थात, छोरी भएको अवस्थामा अधिंकाश महिलाले गर्भपतन गराउने गर्छन् ।नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ले बढ्दो शैक्षिक स्तरसँगै नेपालमा प्रजनन् दर पनि समान्यता घट्दै गएको देखाँउछ । हाल नेपालमा एक महिलाले औसतमा २.१ बच्चा जन्माउँछन् । सन् १९९६ मा प्रति महिला ४.६ बचाउने जन्माउने गरेकामा सन् २०२२ मा घटेर प्रति महिला २.१ बच्चा जन्माउँछन् ।

यस्तै, नेपालमा कुनै पनि शिक्षा हासिल नगरेका महिलाले सरदर ३.३ बच्चा जन्माउँछन् । माध्यमिक स्तरभन्दा बढी शिक्षा हासिल गरेका महिलाले सरदर १.६ बच्चा जन्माउछन् । साथै, घरपरिवारमा आर्थिक स्तर बढ्दै जाँदा प्रजनन् दर घट्दै गएको छ । सबैभन्दा सम्पन्न १.६ , सम्पन्न १.७ , मध्यम २.१, गरिब २.४, सबैभन्दा गरिब २.८ सरदरमा बच्चा जन्माउँछन् ।

सवर्नेक्षणले भौगोलिक क्षेत्र अनुसार पनि प्रजनन् दर फरक-फरक रहेको देखाएको छ । पहाडी क्षेत्रको तुलनामा हिमाली र तराई क्षेत्रका महिलाले बढी बच्चा जन्माउने गरेका छन् ।औसतमा पहाडी क्षेत्रमा एक महिलाले १.८ जन्माउने गरेकामा हिमालीमा ३.३ र तराईमा २.२ जन्माउँछन् । सर्वेक्षण अनुसार औसत मधेश प्रदेशमा सबैभन्दा बढी २.७ बच्चा जन्माउँछन् । यस्तै, कर्णाली प्रदेशमा २.६, सुदूरपश्चिम प्रदेशमा २.३, कोशी प्रदेशमा २.२, लुम्बिनी प्रदेशमा १.९, बागमती प्रदेशमा १.६ र गण्डकी प्रदेशमा १.४ बच्चा जन्माउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४