Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको ब्याटिङ नचल्दा नेदरल्याण्ड्सलाई सामान्य लक्ष्य, १६७ रनमा अलआउट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ९ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । आइसीसी विश्वकप छनोटमा नेपालले नेदरल्याण्ड्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो।

नेदरल्याण्ड्ससामु नेपाल सुरुबाटै दबाबमा पर्यो। ओपनर आशिफ शेखलाई शुन्य रनमा गुमाएको नेपालका अर्का ओपनर कुशल भुर्तेल पनि २७ रनमा आउट भए।

भीम सार्कीले २२ रन जोड्दा आरिफ शेख ६ रनमा पेबेलियन फर्किए। कप्तान रोहितले पनि नेपालको इनिङ सम्हाल्न सकेनन्। ३३ रनमा रोहित क्याचआउट हुनुअघि नै कुशल मल्ल १२ रनमै आउट भए।

दीपेन्द्रसिं ऐरी १४ र गुल्सन झा १५ रनमा आउट हुँदा करण केसीले मात्र एक रन जोड्न सके।

अन्तिम विकेटका लागि सन्दीप लामिछानेले २७ रनको सम्मानजनक स्कोर बनाए पनि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सकेन। जारी विश्वकप छनोटमा नेपालले बनाएको यो सबैभन्दा स्कोर हो। यसअघि वेष्ट इण्डिजसामु २३८ रन जोडेको थियो।

अमेरिकालाई सहजै पराजित गरेको नेपालले जिम्बाबेलाई पनि २९१ रनको लक्ष्य दिएको थियो। तर नेदरल्याण्ड्ससामु भने नेपाली ब्याटर निरिह बने।

नेदरल्याण्ड्सका लगन भानविकले सर्वाधिक ४ विकेट लिए। ९.३ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिएर। बास डे लिड र भिक्रमजित सिंहले समान २ विकेट लिँदा बाँकी २ विकेट क्लिटन फ्ल्वेड र आरयन दत्तको नाममा रह्यो।

१६८ रनको लक्ष्यसहित नेदरल्याण्ड्सले केहीबेरमा ब्याटिङ थाल्ने छ। यो खेल नेदरल्याण्ड्सले जिते नेपालको विश्वकप यात्रा समूह चरणमै टुंगिने छ। नेदरल्याण्ड्ससँगै जिम्बाब्वे र वेष्ट इण्डिज सुपर सिक्समा पुग्ने छन्।

यो समूहबाट अमेरिका यसअघि नै बाहिरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४