काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ ।
बैठक आज (शुक्रबार) ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधमामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बजेटको बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसैगरी आजको बैठकमा बिनियोजन बिधेयक २०८० अन्तर्गत बिभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ ।
संसद सचिवालयका अनुसार जसमा गृह मन्त्रालय,संस्कृति,पर्यटन,तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुनेछ ।
त्यसै गरी आजकै बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।