Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ वर्षपछि नेपालबाट कैलाश मानसरोवर यात्रा खुला, भारतीय भने जान नपाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ५ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला भएको छ । पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ । अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि सेप्टेम्बरसम्म हो ।

भारतीय पर्यटकका लागि भने नेपालको बाटो हुँदै मानसरोवर यात्रा अझै खुला नभएको टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटाले जानकारी दिए । चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ । विगतमा सामूहिक भिसा दिने गरेकोमा यस पटकदेखि एक पटकमा कम्तीमा ४ जनासम्मले वायोमेट्रिक समेत दिनुपर्ने गरी भिसा नीति चीनले लिएको छ । सोहीकारण पूर्वी वा पश्चिम नेपालबाट मानसरोवर जान चाहने नेपाली भिसा प्रक्रिया पुरा नभएसम्म काठमाडौंमै रहनु पर्ने भएको छ ।

विगतमा नेपालबाट भारतीय नागरिकले चीन प्रवेशको अनुमति पाउने गर्थे । अहिले भने गैरआवासीय भारतीय बाहेक भारतीय पासपोर्ट हुनेहरुले कैलाश मानसरोवर यात्रामा जान अनुमति पाउँदैनन् । पछिल्लो तीन वर्षदेखि यात्राको योजना बनाएर पनि जान नपाएका नेपाली तीर्थालुले भने अब मानसरोवर यात्रामा जान सक्ने सापकोटाले जानकारी दिए ।

अहिले हुम्लाको हिल्सा र रसुवागढी नाकाबाट मानसरोवर यात्रा खुला भएको छ । गत वैशाखदेखि हुम्लाको हिल्सा नाका दुईतर्फी खुला गरिएको छ । अब यो नाकाबाट मानिस र कार्गो दुवैका लागि खुला भएको हो । चीनको अर्को नाका रसुवागढी समेत दुईतर्फी खुला भएसँगै मानसरोवर यात्रामा जानेहरुलाई सहज भएको हो । अहिले नेपालगञ्जबाट हुम्लासम्म पुगेर कैलाशको दूरदर्शन गर्न भारतीय पर्यटक समेत आउन सुरु भइसकेको व्यवसायीले बताएका छन् । कैलाशमा जाने अर्को रुट काठमाडौं–ल्हासा हवाई मार्ग समेत हो । यो रुटबाट जानेहरुले भने काठमाडौंबाट ल्हासा सम्म जहाजमा पुगेर त्यहाँबाट १५ सय किलोमिटर सडक यात्रा गरी कैलाश पुग्नु पर्छ ।

कैलाश मानसरोवर यात्रालाई तीर्थालुहरु तीर्थहरुको पनि तीर्थ अर्थातः ‘महातीर्थ’ मान्छन् । चीनको भूमिमा मानसरोवर ताल समुन्द्री सतहबाट ४ हजार ५९० मिटरको उचाईमा अवस्थित छ ।

भारतीय नआउँदा हेलिकप्टरलाई छैन विजनेश

वायुसेवा सञ्चालक संघको सचिव राजु न्यौपानेका अनुसार नेपालबाट मानसरोवर यात्रामा जाने सबैभन्दा ठूलो संख्या विगतमा भारतीय नागरिकको हुन्थ्यो । उनीहरुले नेपालबाट चीन प्रवेशको अनुमति नपाउँदा हेलिकप्टरले भने अहिले पनि विजनेश पाएका छैनन् । ‘धेरैजसो नेपाली तीर्थालु सडक यात्रा हुँदै रसुवागढीको बाटो जान रुचाउँछन्,’ उनले भने, भारतीय नआउँदा हेलिकप्टरले भने विजनेश पाएका छैनन् ।’ विगतमा सिमिकोट–हिल्सा रुटमा अधिक चापमा हेलिकप्टरहरु उड्ने गर्थे । लुक्लापछि पर्यटक शुल्कमा हेलिकप्टर कम्पनीले बढी आम्दानी गर्ने सिजन नै मानसरोवर यात्रा हुने गरेको उनले स्मरण गरे । मानसरोवर यात्रा सामान्यतया महँगो टुर गन्तव्य समेत हो ।

यो पटक हुम्लामा माउण्टेन हेलिकप्टर र फिस्टेल हेलिकप्टरका एयरक्राफ्ट रहेका छन् । ती हेलिकप्टर अहिले खाद्य संस्थानको चामल बोकेर गाउँगाउँ उड्नु बाहेक अन्य विजनेश नरहेको उनले बताए । भारतीय नागरिकका लागि कैलाश मानसरोवर जाने सबैभन्दा सहज रुट नै नेपालको बाटो हुँदै जानु हो । भारतको सिक्किम बोर्डर हुँदै कैलाश जान सकिने भएपनि सो रुट मौसमका कारण यात्राका लागि अनुकूल मानिदैन ।

नेपालीलाई कति छ प्याकेज ?

नेपालबाट कैलाश मानसरोवर यात्राका लागि अहिले न्यूनतम १ लाख ६५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्मका प्याकेज बिक्री भइरहेको टानका महासचिव सापकोटाले जानकारी दिए । सामान्यतया १० दिनभन्दा माथिको यात्रापछि मात्र मानसरोवर यात्रा सम्पन्न हुन्छ । मूल्य समय र प्याकेज सुविधा अनुसार फरक फरक पर्ने समेत उनले जानकारी दिए ।

सडक मार्गबाट जाँदा काठमाडौं–केरुङ–सागा–मानसरोवर ताल–माउण्ट कैलाश रुट हुँदै यात्रा गर्ने गरिन्छ । यस्तो यात्रामा प्याकेज भित्र ल्याउने–पुर्‍याउने सवारी साधन, बासस्थान, शाकाहारी भोजन, स्थानीय गाइडसहितको सुविधा कम्पनीहरुले उपलब्ध गराउँछन् । हेलिकप्टर वा काठमाडौं–ल्हासा जहाजमा यात्रा गर्दा यस्तो प्याकेज सडक मार्गको तुलनामा महँगो पर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४