Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कठिन प्रतिद्वन्दी विरुद्ध खेल्न नेपाल तयार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ५ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा बुधबारदेखि भारतको बैंगलोरमा १४ औं संस्करणको साफ च्याम्पियनसिप सुरु हुँदैछ ।

धेरै नयाँ खेलाडी रहेको नेपाली टिम थोरै समयको तयारी र एउटा मात्रै मैत्रीपूर्ण खेल खेलेर बैंगलोर पुगेको छ । यस्तो स्थितिमा पनि नेपाली टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले कठिन प्रतिद्वन्दी विरुद्ध खेल्न तयार रहेको बताएका छन् ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमै बुधबार कुवेतको सामना गर्दैछ । कुवेतसँग अहिलेसम्म ९ खेल खेल्दा २०१९ मार्चमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेल्नु नै नेपालको ठूलो सफलता हो । त्यसअघिका चार र त्यसपछिका चार गरी ८ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

नेपालकै समूहमा दक्षिण एसियाको पावर हाउस भारत र फिफा निलम्बनबाट फर्केर पहिलो पटक साफ खेल्न लागेको पाकिस्तान पनि छन् ।

मंगलबारको प्रिम्याच कन्फेरेन्समा नेपालका प्रशिक्षक एनेसले तयरीका लागि थौरै समय भए पनि टिमप्रति सकरात्मक रहेको बताए । शहीद स्मारक लिग नसकी क्लबहरुले खेलाडी छाड्न नमाने पछि नेपाली टिमले तयारी नै गर्न पाएको छैन । जेठ २७ गते लिग सकेर नेपाली खेलाडी त्यसको २ दिनपछि फिलिपिन्स उडेका थिए ।

‘हाम्रो ट्याक्टिकल सेसन धेरै भएन । प्रशिक्षका रुपमा म धेरै चाहन्थेँ,’ एनेसले भने, ‘हामीसँग जे छ त्यसैमा काम गर्नुपर्छ । म टिमप्रति सकरात्मक छु र हामीले नयाँ अनुभवमा विश्वास गर्नुपर्छ ।

साढे ३ महिनाअघि नेपाली राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेका उनले लिगकै बीचमा खेलाडीलाई ट्याक्टिकल सेसन गराएका थिए । फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा १-० ले पराजित भए पनि उक्त खेल एनेसका लागि टिमको स्तर बुझ्ने अवसर बन्यो । उनले त्यो मैत्रीपूर्ण खेलबाट निक्कै फाइदा भएको बताए । उक्त खेलमा लकेन लिम्बु र विमल पाण्डेले डेब्यु गरेका थिए ।

प्रशिक्षक एनेसले यसपटक टिममा नयाँ खेलाडीहरु भएकाले उनीहरुले राम्रो अन्तर्राष्ट्रिय अनुभव लिने अपेक्षा राखेका छन ।

‘नयाँ पुस्ताका खेलाडी र प्रशिक्षकको रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुल्ने आशा छ’, पहिलो साफको सामना गर्न लागेका उनले भने ।

राष्ट्रिय टिमबाटै खेलिसकेका दर्जन भन्दा बढी खेलाडी राम्रो भविष्य खोज्दै अष्ट्रेलिया गएकाले नेपाली टिममा नयाँ र युवा खेलाडीको बाहुल्यता छ ।

‘हाम्रा धेरै खेलाडीले साफमा पहिलो पटक खेल्दैछन् र यो साफको हिस्सा हुन पाउनु धेरै महत्वपूर्ण हो,’ भारतीय आईलिग टिमको प्रशिक्षक रहिसकेका एनेसले थपे, ‘हामी राम्रो टिमहरु भारत, कुवेत र पाकिस्तानसँग खेल्दैछौं ।’

१४औं पटक यो प्रतियोगिता खेल्न लागेको नेपालका लागि एक चोटी फाइनल पुग्नु नै अहिलेसम्मकै ठूलो उपलब्धि हो । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने यस प्रतियोगिताको गत संस्करणमा नेपाल फाइनल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४