Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जित्नैपर्ने दबाबकाबीच अमेरिकाको सामना गर्दै नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ५ २०८०
  • 2K
    SHARES

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार अपराह्न १२: ४५ बजेदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाबेसँग पराजित भएको थियो । जिम्बाबेले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइण्डिजसँग हार बेहोरेको छ । पहिलो खेलमा हार बेहोरेका नेपाल र अमेरिका जित्नै पर्ने दबाबसहित आज मैदानमा उत्रिँदै छन् ।

नेपाल र अमेरिकाबीच हालसम्म ६ एकदिवसीय खेल भएका छन् । नेपाल र अमेरिकाबीच सबै ६ खेल आइसिसी विश्वकप लिग २ मा भएका थिए । जसमा नेपाल ३ खेल जितेकोछ भने २ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेल टाई भएको छ । नेपालले आफ्नो तेस्रो खेल असार ७ मा वेस्टइन्डिजसँग र समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ ।

विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।

नेपाली टिम: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४