Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छ : शेखर कोईराला


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ५ २०८०
  • 3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोईरालाले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताउनुभयो । नेता कोईरालाले कुनै सुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गर्नुभयो । उहाँले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताउनुभयो ।

नेता कोईरालाले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु, प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गर्नुभयो । उहाँले सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था कांग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

नेता कोईरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउँने विषयकोे बिरोध गर्नुभयो । उहाँले सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदाकसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्छ सरकारले बुझाउन आग्रह गर्नुभयो ।

नेता कोईरालाले अहिले देशले बाटो बिराएको जस्तो आफूलाई आभाष भएको बताउनुभयो । उहाँले मुलुकमा जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहिन्ताको अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस लोकतन्त्र सुदृढ बनाउन खरो रुपमा मैदानमा उत्रन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकमा दण्डहिनता, सुशासन, भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४