Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी सरकारले चालू खर्चमा लगायो अंकुश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । गण्डकी प्रदेश सरकारले चालू खर्चमा अंकुश लगाएको छ । चालू आर्थिक वर्षमा भन्दा आगामी वर्ष झण्डै ५४ करोड रुपैयाँ चालू खर्च घटाइएको छ । चालू वर्षको भन्दा आगामी बजेट झण्डै साढे २ अर्ब घटेको छ ।

बजेट घटेको बेलामा पनि चालू खर्च घटाएर गण्डकीले नयाँ सन्देश दिएको छ । ‘मन्त्रालय, कार्यालय र निकायहरूमा हुने अत्यावश्यक बाहेकका सबै चालू खर्च घटाइएको छ, अर्थमन्त्री जितप्रकाश आलेले भने, ‘विनियोजित चालू खर्चलाई पनि पुँजीगत खर्च वृद्धिमा सहयोग पुग्ने गरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ । फजुल खर्चमा नियन्त्रण गरिएको छ ।’

अर्थ मन्त्रालयले मात्रै ६ करोड ९ लाख चालू खर्च घटाइएको छ । आगामी वर्ष सरकारले कुनै पनि सवारी साधन खरिद नगर्ने नीति लिएको छ । अत्यावश्यक बाहेक सरकारी भवन पनि निर्माण नहुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । यद्यपि ७ वटा मापदण्ड बमोजिमका एम्बुलेन्स र एउटा खोप ढुवानी गर्ने गाडी भने खरिदको प्रक्रियामा छ । आगामी आर्थिक वर्षका लागि १२ अर्ब ७३ करोड चालू तथा २० अर्ब १९ करोड पुँजीगत बजेट विनियोजन भएको छ ।

यो रकम चालूतर्फ पूरा बजेटको ३८.१ प्रतिशत र पुँजीगत तर्फ ६०.४ प्रतिशत हो । सरकारले ऋण तिर्न र शेयर लगानी गर्न ५० करोड रुपैयाँ छुट्टै बजेट राखेको छ । ‘पुँजीगत खर्चमा जोड दिनुपर्ने अवस्था आएको छ । चालू खर्च बदनाम हुने गरी दुरुपयोग भएको त होइन ।

तर बजेट विनियोजन भएपछि अहिले मनग्गे खर्च गर्न मन लाग्ने रहेछ,’ अर्थ सचिव विष्णु शर्माले भने, ‘त्यसैले विनियोजन नै नगरेपछि खर्च हुने कुरै भएन । यसपालि खर्च नियन्त्रण हुन्छ ।’ केही कार्यालयहरू पनि पुनरावलोकनको तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४