Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा पहिलोपटक पुष्टि भएको ‘मंकिपक्स’ के हो ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २ २०८०
  • 2.1K
    SHARES

काठमाडौँ । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिएका हुन् ।

‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको हो ।

मंकिपक्सका बारेमा थप खोज, अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ । मंकिपक्स विश्वभरि हाल १११ देशमा फैलिसकेको छ ।

मंकीपक्स के हो ?
मंकीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ । यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ । तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन् ।

केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन् । मंकीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ । पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए । ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ ।

मंकीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ । लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन ।

कसरी जोगिने ?
सहप्रवक्ता डा. अधिकारीका अनुसार, संभावित जोखिम भएका मुलुकबाट नेपाल आउने व्यक्तिहरूमाथि निगरानी गर्नुपर्ने र क्वारेन्टाइनमा राख्नुपर्छ । कोरोना संक्रमणबाट अपनाइएको स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।

संक्रमितले प्रयोग गरेको बिच्छ्यौना, लुगाफाटा प्रयोग गर्दा संक्रमण सर्न सक्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. अधिकारीले कोरोना संक्रमणबाट जोगिन अपनाइएको स्वास्थ्य मापदण्ड मंकिपक्सबाट जोगिन पनि मद्दत गर्ने बताए । ‘कोरोनाबाट जोगिन अपनाइएका व्यवहार नै पर्याप्त छ । मास्कको प्रयोग, हातको सरसफाइमा ध्यान दिनुपर्छ । साबुन पानीले हात धुँदा भाइरस निस्क्रिय हुन्छ,’ डा. अधिकारीले भने ।

सन् १९७० देखि नै अफ्रिकाका १० मुलुकमा यो भाइरस संक्रमण थियो । त्यस्तै सन् २००३ मा अमेरिकामा पनि प्रकोप फैलियो । डा. अधिकारीले भने, ‘हाम्रा लागि नयाँ भए पनि विश्वका लागि नयाँ होइन ।’ बिफरका लागि प्रयोग हुने खोप मंकिपक्समा पनि प्रभावकारी मानिएको छ । यो खोप ८५ प्रतिशत प्रभावकारी पाइएको डब्लूएचओले जनाएको छ । सन् १९८० मा बिफर उन्मूलन भएको घोषणा डब्लूएचओले नै गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४