Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिकेटरद्वय सन्दीप र दिपेन्द्रले ग्लोबल टी–ट्वान्टी लिगमा खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३१ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् ।

मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार क्लवले आफ्नो टोलीमा अनुबन्ध गरेको हो भने मोन्टेरियल टाईगर्सले दिपेन्द्रलाई अनुबन्ध गरेको छ । सुरेमा सन्दीप लामिछानेका साथै एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेनड्रार्फ जस्ता खेलाडी पनि परेका छन् ।

यस्तै, दीपेन्द्र अनुबन्धित भएको मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडी परेका छन् । सन्दीपले यसअघि मोन्टेरियल टाईगर र दोस्रो सिजन टोरन्टोबाट ग्लोबल टी ट्वान्टी खेलिसकेका छन् ।

दीपेन्द्र भने पहिलो पटक अनुबन्धित भएका हुन । ग्लोबल टी–ट्वान्टी लिगमा सोमपाल कामीले पनि खेलिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४