Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानद्वारा नेपाल पराजित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 3K
    SHARES

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानद्वारा नेपाल पराजित भएको छ ।

नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको हो । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाईन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाईन् भने नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस्तै, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो । पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाईन् ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । नेपाल रहेको समूह ए मा हङकङ, भारत र पाकिस्तान समेत रहेका छन् । नेपालले अर्को खेल बिहिबार भारतसँग र अर्को खेल शनिबार हङकङसँग खेल्ने छ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका रहेका छन् । प्रतियोगिता अन्तर्गत १९ जुनमा सेमिफाइनल र २१ जुनमा फाइनल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४