Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आलु र प्याजमा भ्याट लगाउने निर्णय आत्मघाती : बिक्रेता संघ हरेक नेपालीकाे भान्सासम्मै असर पर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २९ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक बिक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यवहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महँगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरूले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण महतले आत्मघाती कदम चालेको आरोप लगाएका हुन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक विक्रेता संघले आलुप्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाइका दरले महँगिने भएकाले यो निर्णयबाट व्यवसायी हतोत्साहित र उपभोक्ता चिन्तित रहेको बताएका छन्  ।

बजेट र आर्थिक विधेयक २०८० ले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्याङ्क हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताएका छन्  । अर्थमन्त्री महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्धमा रहेको भन्दै बानियाँले भने,यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने,उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ । अध्यक्ष बानियाँका अनुसार यसको सोझो असर उपभोक्ता, यसका कारोबारमा संलग्न व्यवसायी र अन्तमा हरेक नेपाली भान्सासम्मै पर्ने निश्चित छ ।

सरकारको नीति तथा कार्यक्रम पछि व्यवसाय बचाउन आफूहरू हारगुहार गरिरहेको भन्दै उनले भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न पनि नसकेको बताएका छन्  । आलु र प्याज जस्तो नाशवान वस्तुमा अध्ययन बिनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । कर लगाउँदा व्यवसायमा के असर पर्दछ भनी अध्ययन नगरी हचुवाको निर्णय लिँदा वषौंदेखि व्यवसाय गरिरहेकाहरू व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बानियाँको तर्क छ । अध्यक्ष बानियाँ भ्याटको निर्णयबाट पछाडि फर्कन पनि अर्थमन्त्रीलाई आग्रह पनि गरेका छन्  ।

कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले सरकारले दैनिक उपभोग्य वस्तु आलु प्याजमा सरकारले अनावश्यक बखेडा झिकेर बजार बिगारेको आरोप लगाएका हुन्  । नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनले बताए ।

आलु प्याज नाशवान प्रकृतिको वस्तु आयात गरी बजारसम्म पु¥याउँदा बिग्रने, सड्ने तथा गल्ने भएको हुनाले परिमाणमा फरक पर्ने भन्दै उनले यस्तो अवस्थामा पूर्ण परिमाणमा मुअ कर तिरेको भए तापनि सम्पूर्ण वस्तुहरू बजारमा बिक्री नहुने भएकालै तिरेको भ्याट फिर्ता वा समायोजन गर्न समेत व्यवसायीलाई कठिन हुने गरेको भन्दै आलु, प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक रहेको जिकिर गरेका छन्  ।

हाल आलुप्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएका छौँ’ उनले भने, ‘यस्तो अवस्थामा थप १३ प्रतिशत भ्याट बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु हो । उपभोक्तालाई थप करको भार थप्नु उपभोक्तालाई अन्याय गर्नु ठहर्छ ।
संघका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारलाई तत्काल भ्याटको निर्णयबाट पछि हट्न आग्रह गरेका छन्  । दिनप्रतिदिन आलु प्याजको बजार बिग्रिरहेको भन्दै उनले थप संकट रोक्न सरकारसँग माग गरेका छन्  ।

सरकारले आर्थिक विधेयक २०८० मार्फत आलु प्याज लगायतका कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने व्यवस्था हटाएसँगै आलु प्याजको व्यवसाय गर्नेहरू भ्याटको दायरामा आएका छन् । चालु आवको वैशाखसम्म नेपालमा ६ अर्ब ९८ करोडको आलु आयात भएको छ । यसबाट राज्यले ७१ करोड ७४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ । यस्तै ५ अर्ब ७० करोडको प्याज आयात हुँदा ५७ करोड रुपैयाँ राजस्व उठेको छ । आलु प्याजमा भ्याट लाग्ने भएपछि व्यवसायीहरू बजेट वक्तव्ययता कारोबार नै नगरी बसेका छन् । यस्तो अवस्थामा फाइदा उठाउने समूह पनि सक्रिया रहेको पाइएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ को समूह क (आधारभूत कृषि उत्पादनहरू) अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने वस्तु तथा सेवाहरूको सूचीमा आलु तथा प्याज रहँदै आएकामा आर्थिक ऐन, २०८० बाट ऐन संशोधन गर्दै भ्याट छुट दिइएको वस्तुको सूचीबाट आलु र प्याज हटाइएको हो । नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघ आलु र प्याजको व्यवसाय गर्ने व्यवसायीहरूको संघ हो । संघका सदस्यहरूले भारत र तेस्रो मुलुकबाट आलु प्याज आयात गरी नेपालमा थोक विक्री वितरण गर्दै आएका छन् ।

   

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४