Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सम्मेलन बारे ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २९ २०८०
  • 2.9K
    SHARES

मिति : २०८०/२/२७
श्रीमान शेरबहादुर देउवाज्यु
सभापती, नेपाली काङ्ग्रेस
केन्द्रीय समिती ।

बिषय : नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सम्मेलन बारे ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको आयोजनामा यहि २०८० जेस्ठ ३१ गते जिल्ला सम्मेलन हुने भन्ने खबर हामीलाइ सामाजिक सन्जालबाट जानकारीमा आयो । नेपाली काङ्ग्रेस पार्टीका हामी जत्तिका जिम्मेवार कार्यकर्ताले जिल्ला सम्मेलन जस्तो पार्टिको जिबनमा महत्त्व राख्ने कार्यक्रम सामाजिक सन्जाल बाट जानकारीमा आउनु हामी कार्यकर्ता मात्र हैन पार्टीको लागि पनि दुखद: कुरा हो भन्ने हामीलाई लागेको छ । पार्टीले यस्ता कुरामा ध्यान दिएर गलत तरिकाले पार्टी सन्चालन गर्ने नेतृत्त्वलाइ कडा निर्देशन दिदै पार्टीलाइ सहि बाटोमा हिडाउनु पर्दछ भन्ने आदरणिय पार्टी सभापतिज्युमा हाम्रो सादर अनुरोध छ । तसर्थ उक्त कार्यक्रम आयोजना हुन अगाडि आदरणीय सभापतिज्यु समक्ष रामेछाप काङ्ग्रेसका बिषयमा केही तथ्यगत कुराहरु अबगत गराउन चाहान्छौ ।

तपसिल:
१. गत स्थानिय निर्नाचनमा बिधान बमोजिम संसदीय बोर्ड गठन नै नगरी कुनै पनि मापदण्ड नअपनाइ आफुखुशी टिकट बितरण गरेको, निर्बाचनका क्रममा साथिहरुको कृयाशिलता, लोकप्रीयता र बरिस्ठतालाई बेवास्ता गर्दै आफ्नो निकटता र आर्थिक चलखेलका आधारमा टिकट बितरण गरेको, उपयुक्त उम्मेदवारलाइ समितिले दिएको टिकट अन्तिम अबस्थामा खोसेर आफू निकट ब्यक्तिलाइ दिएको, पार्टी केन्द्रले निर्णय गरेर निर्देशन गरेको “अन्तर पार्टी गठबन्धन” लाई अटेर गरी गठबन्धन नगरेको, आदिआदि कारणले स्थानिय निर्बाचनमा धेरै वडा र पालिकामा नेपाली काङ्ग्रेसले सिट गुमाउनु पर्यो । टिकट बितरणमा यति सम्म कि आर्थिक लेनदेनकै आधारमा अर्को पार्टीको मान्छेलाइ समेत नेपाली काङ्ग्रेसले टिकट दिएर हार बेहोर्नु परेको तथ्यगत प्रमाण जिबितै छ ।

२. टिकट बितरणका क्रममा बर्तमान कार्य समितिका सभापती र केही जिम्मेवार नेताहरुद्वारा आफ्नो निकटता र आर्थीक चलखेलका आधारमा अन्यायपुर्ण तरिकाले टिकट बितरण गरिएका कारणले धेरै वडा, पालिका र जिल्ला स्तरका इमान्दार, कृयाशील र बरिस्ठ साथिहरुले बिद्रोह गर्ने र पार्टी परित्याग गर्ने सम्मको स्थिती सृजना भएको ।
३. नेपाली काङ्ग्रेसको चौधौ जिल्ल अधिबेशन बैधानिक हिसाबले आजका मिति सम्म टुङ्ग्याउन सकेको छैन । चौधौ जिल्ला अधिबेशनको निर्बाचन सकिय पश्चात्: मत गणना कार्य पुर्ण रुपमा समाप्त नहुदै धाधलिपुर्ण तरिकाले मत गणना गरी परिणाम सार्बजनिक गरेको र उक्त मत गणना उपर जिल्लाका केही उम्मेदवार साथिहरुले जिल्ला निर्बाचन समिति र केन्द्रीय समितिमा समेत मुद्दा दायर गरेको र उक्त मुद्दालाई फाइदा बेफाइदाको हिसाब किताब गरि किनारा लगाउन सहयोग र पहल नगरिएको हुदा महासमितिको निर्बाचन समेत आजसम्म हुन सकेको छैन । जसका कारण रामेछाप नेपाली काङ्ग्रेसको चौधौ जिल्ला अधिबेशन बैधानिक हिसाबले आजसम्म पुर्ण रुपमा सम्पन्न हुन नसकेको ।

४. पार्टी सन्चालनका क्रममा गरिएका गलत कार्यका बिरुद्ध फरक मत राख्ने साथिहरु माथी स्पस्टिकरण सोध्ने र स्पस्टिकरण दिने बैधानिक मार्ग हुदाहुदै आफू सङ्ग असहमत साथिहरुमाथी ब्यक्तिगत गालिगलौज गर्दै बाटो बाटोमा पदमुक्त गर्ने र नियुक्ती दिने कार्यले निरन्तरता पाएको ।
५. गत आम निर्बाचनमा नेतृत्त्वले पार्टिका नेता कार्यकर्ताहरुलाइ
समेटेर परिचालन गर्न नचाहेको र बिधान बिपरित अबैधानिक अनुशासन समिती गठन गरी आम निर्बाचनमा पार्टिका उम्मेदवारलाइ जिताउन अहोरात्र खटेका साथिहरुलाइ सधै कार्बाहिको धम्की दिइरहने र अन्तमा फरक मत राख्ने समुहको हुर्मत लिने उद्देस्यले एक ब्यक्तिलाइ मात्र कार्बाहिको सिफारिश गरिएको ।
६. छलफल, राय सल्लाह र सहमती बेगर नेपाल बिद्यार्थी संघ रामेछापको नेतृत्त्व परिवर्तन गरेको ।
७. तत्कालिन अबस्थामा उठेका असहमतिका विभिन्न बिषयमा बिबाद निरुपणका लागि खटिएका केन्द्रीय प्रतिनिधि हरिशरण नेपालीको उपस्थितिमा पार्टिका हरेक गतिबिधी र निर्णय सबै पक्षको सहमतिमा गर्ने भनि गरियको निर्णयलाइ बेवास्ता गर्दै सहमति तोडेर एकल ढङ्गले कार्य गरेको ।
८. पार्टिलाइ गतिशिल र उर्जावान बनाउन बिबिध कार्यक्रम जस्तो कि प्रशिक्षण लगायत कुनैपनी कार्यक्रम नगरेको ।
९. जिल्लाको बिकास निर्माणका लागि बजेट बिनियोजन गर्ने/गराउने कार्यमा पार्टीका कुनै निकाय र नेताहरु सङ्ग छलफल नगरी र दिइएका सुझाबहरुलाइ समेत बेवास्ता गर्दै आफू खुशी गरेको ।
१०. नेपाली काङ्ग्रेसको बर्तमान पार्टी सभापती कान्छाराम तमाङ्ग (पुर्ण बहादुर) ठेकेदार पनि भएको र निजले आफ्नो कम्पनी मार्फत पुल, सडक लगाएत जिल्लाका बिकास निर्माणको ठेक्का लिइ बर्षौ बितिसक्दा पनि योजना अलपत्र पारियको अबस्थामा छन । उक्त अलपत्र योजनाहरुलाइ अघि सारेर अन्य पार्टीका मान्छेहरुले प्रश्न गर्दा नेपाली काङ्ग्रेस निरुत्तर भइ पार्टीको शाख बचाउन कठिन भएको ।
११. यहि जेस्ठ ३१ गते गर्ने भनिएको जिल्ला सम्मेलन कुनै बैधानीक धरातलमा नटेकि, जिल्लाका कृयाशील नेताहरुसङ्ग कुनै सुझाब सल्लाह नलिइ आफू र आफ्ना आसेपासेको सल्लाहमा नेता कार्यकर्तालाइ मान मर्दन गर्ने र कागजी रुपमा मात्र गरेको देखाउन खोजिएको ।

नेपाली काङ्ग्रेस रामेछाप जिल्ला नेतृत्त्वका यी बिबिध कार्य शैली, गतिबिधी र रवैया प्रतीको असहमती केन्द्रलाइ बिगतमासमेत जानकारी गराउदै आएका छौ । यस्तै गतिबिधिको निरन्तरता स्वरुप अहिलेको जिल्ला सम्मेलन हुन गइरहेको हुदा हामी तपसिल बमोजिमका नेता कार्यकर्ताहरु गलत मनसाय बाट परिचालित बर्तमान जिल्ला नेतृत्त्वको कार्यशैली प्रती समेत असहमती प्रकट गर्दै उक्त अबैधानिक जिल्ला सम्मेलनमा सहभागी हुन नसक्ने कुरा आदरणीय पार्टी सभापतिज्यु समक्ष जानकारी गराउदछौ ।
जय नेपाल !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४