Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्लाहीमा दाइजोका कारण दुई महिलाको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २८ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । सर्लाहीमा दाइजोका कारण दुई महिलाको हत्या भएको छ ।

सर्लाही हरिपुर नगरपालिका–३ को फरहदवा र वडा– ६ स्थित लक्ष्मीपुरका दुई महिलाको दाइजोका कारण हत्या भएको हो ।

फरहदवाका अब्दुल साह फकिरले २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अब्दुलले श्रीमतीलाई माइतीबाट एक लाख रुपैयाँ नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेको ईदाका बुबा मन्सुर साह फकिरले बताएका छन् । ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको तथा कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको उनका परिवारको आरोप छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै, लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ४५ वर्षीया इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । दाइजोको विषयमा विवाद हुँदा श्रीमानले कुटपिट गरेर घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र उनको केही समयपछि मृत्यु भएको बताइएको छ ।

इन्द्रकलादेवीको शवलाई दाहसंस्कार गर्न लागिएको खबर पाएपछि शवलाई जल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इन्द्रकलादेवीका श्रीमान राजाराम घटना भएकै दिनदेखि फरार छन् भने शव जलाउन सहयोग गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४