Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एशियाडका लागि ४ खेलाडी छनौट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २५ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेपाल पौडी संघले मित्र राष्ट्र चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ ।
संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरि चार खेलाडी १९ औं एशियन गेम्सका लागि खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएको बताए ।
छनोट हुने खेलाडीहरुमा पुरुष तर्फ एलेक्जेण्डर गादेगार्ड शाह ९ब्भिहबलमभच न्बमभनबबचम क्जबज० र नासिर याह्या हुसेन ९ल्बकष्च थ्बजथब ज्गककबष्ल० तथा महिला तर्फ गौरिका सिंह ९न्बगचष्पब क्ष्लनज० र डुवाना लामा ९म्गबलब ीबmब० रहेका छन् । एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए । यस्तै नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए ।
बैकल्पिक खेलाडीमा पुरुष तर्फ विकास कुमाल र महिला तर्फ अनुशिया तण्डुकार रहेका छन् । कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए ।
अध्यक्ष बज्राचार्यका अनुसार यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुन गईरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगिता समेत रहेको वल्र्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् ।
लक्ष्मण र सुदीपलाई स्वर्ण
लक्ष्मण खनाल र सुदीप राजभण्डारी मास्टर्स तर्फ स्वर्ण जित्न सफल भएका छन् ।
११ औं एनएसए कप पौडी प्रतियोगितामाको मास्टर्स ५० मिटर बटरफ्लाईमा लक्ष्मणले स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा सेनाका बाबुराम श्रेष्ठ र तेश्रो स्थानमा प्रमोद श्रेष्ठ रहे ।
यस्तै मास्टर्स खुला तर्फ सुदीप राजभण्डारीले स्वर्ण प्राप्त गर्दा श्याम गुरुङ्गले रजत र किसिम लाल थारुले कास्य पाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४