Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विकास कुलको दुइ राष्ट्रिय किर्तिमान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । विकास कुमालले ११ औं एनएसए कप पौडी प्रतियोगितामा दुइ राष्ट्रिय किर्तिमान सहित स्वर्ण जितेका छन् ।
कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा किर्तिमाना राखेका हुन् । ५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मिटरमा फाईनलमा २ मिनट ३४.७४ सेकेन्ड समयका राष्ट्रिय किर्तिमान राखेको हुन् । यस अघि दुवै विधाको किर्तिमान शुभम श्रेष्ठको नाममा रहेको थियो । ५० मिटरमा शुभमको ३१.५७ र २०० मिटरमा २ मिनट ३६.७५ सेकेन्डको समयको किर्तिमान रहेको थियो ।
यस्तै नासिर याहा हुसेनले २०० मिटर फ्रिस्टयलमा आफ्नै नाममा रहेको १ मिनट ५९.९४ सेकेन्ड समयको किर्तिमानलाई हिट चरणमा १ मिनट ५९.६५ सेकेन्ड समयका साथ भंग गरे भने उनले फाईलनमा पुन उक्त समयमा सुधार गर्दै १ मिनट ५८.२३ सेकेन्ड समयमा साथ नयाँ किर्तिमान कायम गरे ।
यस्तै गरि डुवाना लामाले अर्को किर्तिमान राखिन् । उनले आफ्नै नाममा ५० मिटर ब्रेष्ट स्ट्रोकमा राखेको ३५.८३ सेकेन्डमा समयमा सुधार गर्दै ३५.७९ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरिन् ।
यसैगरि २०० मिटर ब्याकस्ट्रोकमा तेन्जिन नामदोल रायन गुरुङ्गले आफ्नो नाममा रहेको २ मिनट ३०.२२ सेकेन्ड समयमा सुधार गर्दै हिट चरणमा २ मिनट २६.६९ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरेका थिए । उनले पुन फाईनलमा उक्त समयमा सुधार गर्दै २ मिनट २२.१५ सेकेन्डको नयाँ किर्तिमान कायम गरे । फाईनलमा प्रारम्भ भण्डारीले पनि हिट चरणमा तेन्जिनले कायम गरेको २ मिनट २६.६९ सेकेन्डका समयलाई २ मिनट २६.२३ सेकेन्डले तोडेता पनि तेन्जिनको नाममा अन्तिम किर्तिमान रह्यो ।
५० मिटर बटरफ्लाईमा अजल काजी ताम्रकारले नयाँ किर्तिमान राखे । उनले सयद हमजा शाहले राखेको २६.९३ सेकेन्ड समयलाई भंग गर्दै हिट चरणमा २६.७९ समयका साथ नयाँ किर्तिमान राखे भने फाईनलमा उक्त समयमा सुधार गर्दै २६.५७ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरे ।
यस्तै अर्को किर्तिमान सस्तिका भण्डारीको नाममा रह्यो । भण्डारीले २०० मिटर बटरफ्लाईमा नयन शाक्यको नाममा रहेको ३ मिनट ९.९१ सेकेन्ड समयलाई भंग गर्दै हिट चरणमा ३ मिनट ६.४५ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४