Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता विधेयक प्रमाणीकरणमा त्रुटि भएको कांग्रेस सांसदकै स्वीकारोक्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताएका छन् ।

आइतवार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गबताए । उनले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्ने बताएका छन्  । नागरिकता विधेयकलाई असंवैधानिक रुपमा राष्ट्रघात हुने गरी प्रमाणीकरण गरिएको बताएका छन्  ।

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताएका हुन्  । यो भ्रमण विगतको भन्दा अलग भएको पनि उनको भनाई छ । उनले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद अवरोध गर्नु जायज नभएको बताएका छन्  ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन्  । उनले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताएका छन्  । उनले नागरिकता विधेयक प्रमाणिकरणको समय पनि नमिलेको टिप्पणी गरेका छन्  ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नागरिकता विधेयक प्रमाणिकरणका लागि जस लिन नपाएका कारण संसदमा बिरोध गरेको बताएका छन्  । उनले विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाई छ । त्यस्तै उनले भारतीयहरुले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले बहुमत पु¥याउन खोजेका बताएका छन्  । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको उनको भनाइ रहेको  छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको बिरोध रहेको बताएका छन्  । उनले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरिएको बताएका हुन्  । यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उनले बताएका छन्  ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताएका छन्  । उनले यस विषयमा देशघात भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गरेका छन्  ।

त्यसैगरी स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपाली जनताले केही नपाएको टिप्पणी गरेका छन्  । उनले सीमा सम्बन्धी विवाद र इपिजीको रिपोर्ट सम्बन्धी कुनै चर्चा नभएको भारतीय पक्षले बताइरहेको भन्दै कुनै ठोस प्रगति नभएको बताएका छन्  ।

उनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा पूजाआजा गर्नुपनि उपयुक्त नभएको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४