Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले जित्यो मलेसियासँगको टी-२० सिरिज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिज जितेको छ । आइतबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि नेपालका लागि सिता राना मगरले ३४, कप्तान रुविना क्षेत्री २३, अप्सरी वेगम १५ र ज्योति पाण्डेले अविजित ११ रन बनाए ।

यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् ।

विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् । नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी विष्टले १ विकेट लिइन् ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नेपालले ३-२ ले जित्यो । पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४