Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध आजदेखि थुनछेक बहस सुरु हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ ।

पक्राउ परेका १८ जनाहरुको बयान शुक्रबार सकिएपछि आइतबारबाट थुनछेकको बहस सुरु हुन लागेको हो ।

सबै अभियुक्तले अदालतमा इन्कारी बयान दिएका छन् । यो प्रकरणमा पक्राउ परेका ‘हाइप्रोफाइल’ अभियुक्तको पक्षबाट पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसम्म बहसमा उत्रिदैछन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दैछन् । खाँण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष शेरबहादुर केसी पनि बहसमा उत्रिँदैछन् ।

यसैगरि पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीको पक्षबाट बहसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दै छन् । टोलीमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, धर्मराज रेग्मी, पर्शुराम कोइराला, आकृति रायमाझीलगायत आठ अधिवक्ता छन् ।

सचिव टेकनारायण पाण्डेको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दैछन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । सरकारी वकिलको कार्यलयबाट बहसको नेतृत्वका सहन्यायाधिवक्त अच्युतमणि न्यौपानेले गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४