Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वस्थ र दीर्घ जीवनका लागि यी १० खानेकुराबाट टाढै रहनुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १८ २०८०
  • 1.8K
    SHARES

मोटोपन सुन्दा जति सामान्य लाग्छ, शरीरका लागि त्यति नै घातक समस्या पनि हो यो । आम समस्या नै बनेको मोटोपनलाई यो दशककै दीर्घ रोगको जोखिम गराउने कारकको रुपमा लिइएको छ । मुख्यतयाः खानपिनको उचित व्यवस्थापनको अभावमा देखिने यसले व्यक्तिमा अन्य जटिल रोग निम्त्याउने विभिन्न अध्ययनले देखाएका छन् ।

यसै सन्दर्भमा विश्वका अधिकांश जनसंख्यालाई कुपोषणले भन्दा आवश्यकताभन्दा बढी खानेकुराले मृत्युको मुखमा छिटो पुर्‍याएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को निष्कर्ष छ ।

यस्तै, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले पनि अनियन्त्रित तौल वृद्धिले मुटु रोगजस्ता घातक रोग बढिरहेको पुष्टि गरेको छ ।

त्यसैले समयमै दीर्घ रोगबाट बच्दै स्वस्थ र लामो जीवनयापन गर्नका लागि दैनिक के कस्ता खानेकुरा खाइरहेका छौं भन्ने कुरामा ध्यान दिनु अत्यावश्यक रहेको जीवनशैली प्रशिक्षक तथा आहारविद् राजु अधिकारी बताउँछन् ।

‘दीर्घ जीवन बाँच्न २४ घण्टा नै के खाँदै छौं र कति मात्रामा खानु उचित हो भन्ने मूल्यांकन गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘जे खानुहुन्छ, जसरी खानुहुन्छ त्यसले नै शरीर बनाउँछ ।’ यो भनाइ केही हदसम्म सत्य साबित हुने दुई दशकभर भएका केही अनुसन्धानले देखाउँछन् ।

कस्ता खानेकुरा दैनिक खाँदा स्वास्थ्यलाई असर गर्छ ?

१. प्रशोधित मासु

प्रशोधित मासु बनाउन धेरै खालको प्रक्रिया लाग्छ । त्यसपछि मात्र सर्वसाधारणकहाँ पुग्छ । त्यस्ता मासुलाई भण्डारण गर्न अत्यधिक नुनको प्रयोग, सुख्खा पार्न अपनाइने विधि, साथै त्यसलाई कुहिन नदिन हानिकारक रसायनहरु अस्वस्थकर हुन् । त्यसैले यदि स्वस्थ र लामो जीवनयापन गर्न चाहनुहुन्छ भने तपाईंको रोजाइमा पर्ने प्रशोधित मासुको बारेमा एकपटक सोच्नैपर्ने हुन्छ ।

बायोएमएड सेन्ट्रलले सन् २०१३ मा १० ठूला युरोपियन देशहरुमा गरेको अध्ययनले जो व्यक्ति दैनिकजसो प्रशोधित मासु खान्छन् । उनीहरुमा ४४ प्रतिशत क्यान्सर र मुटुरोगको जोखिम पाएको थियो । आधा लाख भन्दा बढी व्यक्तिमा भएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

साथै, प्रशोधित मासुमा उच्च मात्रामा नुन हालिएको हुन्छ, जसले उच्च रक्तचाप बढाउँछ । त्यस्तै त्यसमा हुने नाइट्रेटले धमनीहरू अवरुद्ध हुन सक्छ । सन् २०१० मा हार्वर्ड स्कुल अफ पब्लिक हेल्थद्वारा प्रकाशित अर्को एक अध्ययनमा विश्वभरबाट १६ सय केस स्टडीको नतिजा एकदम डरलाग्दो थिए । नियमित रूपमा प्रशोधित मासु खाने व्यक्तिमा मधुमेहको खतरा १९ प्रतिशत बढेको देखियो । त्यसैले घरमा कसैलाई मधुमेह वा मुटुरोग भएमा त्यस्तो मासु खान रोक्नु उचित हुने विज्ञहरुको सुझाव छ ।

२. चाउचाउ

सस्तो, छिटो र मीठो । बालकदेखि वृद्धसम्मको रोजाइमा पर्छ चाउचाउ । त्यति मात्र होइन, रातको समयमा कामबाट थाकेर आउँदा सजिलो विकल्प पनि हो यो । चाउचाउ सबैभन्दा बढी बिक्री हुने खानेकुरामा पर्छ । तर स्वस्थ जीवनको लागि भने यो राम्रो विकल्प हुँदै होइन ।

चाउचाउमा भण्डारण गर्ने विधि, त्यसमा लगाइने रङ, मिसाइने हानिकारक रसायन, आर्टिफिसियल फ्लेभरका कारण यो स्वास्थ्यका लागि हितकारी मानिंदैन । त्यस्तै यसमा अत्यधिक सोडियम र फ्याट हुन्छ । यी हानिकारक मिश्रित तत्वले पक्कै पनि शरीरलाई छिटो रोगी बनाउँछ । सन् २०१४ मा साउथ कोरियाली जर्नल द जरनल अफ न्युट्रीसियनले १० हजार वयस्कमा गरेको अध्ययनले सातामा दुईदेखि तीन पटक चाउचाउ खानेहरुमा मेटाबोलिक सिन्ड्रोमको उच्च जोखिम हुन्छ ।

यो सिन्ड्रोमले रगतमा चिनीको मात्रा, उच्चरक्तचाप र कोलेस्टेरोल बढाउन सक्छ । जुन मुटुरोगको जोखिम कारक मानिन्छ । उच्च सोडियमले मिर्गौला र मुटुरोगको जोखिम बढाउँछ । त्यसैले सकेसम्म चाउचाउ खानुअघि विचार पुर्‍याउनु राम्रो हुन्छ ।

३. सुगर फ्री 

बजारमा स्वस्थ भनेर वैकल्पिक चिनी अर्थात् सुगर फ्री भनिएका सामग्री बेचिएका हुन्छन् । प्रायः मधुमेह भएकाहरुले स्वादको लागि र डाइट गरेकाहरुले पनि चिनीको विकल्पमा उपभोग गर्छन् । पछिल्ला अध्ययनले चिनी कम गर्छु भन्दै सुगर फ्री खानु खतरा साबित हुने देखाएको छ । अध्ययन अनुसार सुगर फ्रीको सेवनले रगतमा चिनीको स्तर पनि बढाउने गर्छ । यति मात्र होइन यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि असर गर्छ । साथै, मधुमेह र मोटोपनको जोखिम बढाउँछ ।

४. तारेको खानेकुरा

डिप फ्राइड परिकार विश्वव्यापी रूपमा पाइन्छ, यसलाई अधिकांश मानिसले रचाउँछन् । आलु चिप्स, फ्राइड चिकन, फ्रेन्च फ्राइज, प्याज रिंगजस्ता धेरै परिकार छन् जुन सबैको रोजाइमा पर्छन् । धेरै अध्ययन अनुसार तारेको वा भुटेको खानेकुरा दैनिक खाँदा दीर्घरोगको जोखिम बढ्ने मात्र नभई बिस्तारै मुटुको धमनीमा असर गर्दै जान्छ । खारेर पकाएको खानेकुरामा बढी क्यालोरी हुनुका साथै फ्याट पनि अत्यधिक हुन्छ । सन् २०१५ मा द जर्नल अफ अमेरिकन हार्ट एसोसियसनले गरेको अध्ययनले दैनिक डिप फ्राइ गरेको खानेकुरा खाने व्यक्तिमा मुटु फेल हुने सम्भावना अत्यधिक हुने निष्कर्ष निकालेको थियो ।

यदि लामो स्वस्थ जीवन चाहनुहुन्छ भने कार्बोहाइड्रेटयुक्त खानेकुरा तेलमा खारिएर फ्राइ नगर्न विज्ञहरुको सुझाव छ ।

५. सोडा र सफ्ट ड्रिंक्स पिउन रोक्नुहोस्

पानीपछि सबैको रोजाइमा सफ्ट ड्रिंक्स पर्छ । यसमा सोडामा ४४ ग्राम चिनी हुन्छ । एउटा सोडाले मृत्युमा पुर्‍याउने जतिको हानि गर्दैन तर सफ्ट ड्रिंक दैनिकजसो खाँदा रगतमा भने चिनीको मात्रा बढाइदिन्छ । अत्यधिक चिनीको मात्राले मोटोपनको दर बढाउँछ, जसले मधुमेह, उच्च रक्तचाप बढाउन जिम्मेवार मानिन्छ । अमेरिकन सोसाइटी फर क्लिनिकल न्युट्रीसियनले सन् २००६ मा प्रकाशित गरेको अध्ययनले सफ्ट ड्रिंक्समा हड्डीको घनत्वमा असर गर्ने देखाएको थियो । त्यति मात्र होइन, त्यसभन्दा अघि नै सन् २००१ मा भएको अध्ययनले बालबालिकामा पनि मोटोपन बढाउने निष्कर्ष निकालेको थियो ।

६. माइक्रोवेब पपकर्न

चिन्ता नगर्नुहोस्, भुटेको पपकर्न आफैंमा एउटा स्वस्थकर खानेकुरा हो । तर माइक्रोवेबाट पपकर्न बनाउनु हुन्छ भने एकपटक सोच्नैपर्ने हुन्छ । त्यसमा प्रयोग हुने माइक्रोवेबको ब्याग अस्वस्थकर भएको अमेरिकी अमेरिकाको खाद्य तथा औषधि विभागले जनाएको छ । जसअनुसार पपकर्नमा पेरफ्लुओरोक्टेनोइक एसिड हुन्छ ।

ह्युमन रिप्रोडकसन जर्नलमा यस एसिडले बाँझोपन निम्त्याउन सक्ने र थाइराइड विकार विकसित गराउन सक्ने उल्लेख छ ।

७. क्यान फुड

माइक्रोवेब पपकर्नमा पाइने केमिकल जस्तै खतरनाक केमिकल क्यानमा पनि हुन्छ । क्यानमा बिस्फेनल भन्ने पदार्थ मिसाइएको हुन्छ, जसले धेरै खालको रोगको जोखिम बढाउँछ  । ह्युमन रिप्रोडकसन जर्नल अनुसार यसले शरीरको  प्रणालीलाई नै हस्तक्षेप गर्छ । जसले छिट्टै बाँझोपन, क्यान्सर  र मोटोपनजस्ता रोग ल्याउन सक्छ, त्यति मात्र नभई स्तन क्यान्सर पनि गराउन सक्ने देखाउँछ ।

८. आइसक्रिम

आइसक्रिम घुम्न जाँदा होस् वा गर्मी मौसममा । यसमा हुने विभिन्न किसिमका फ्लेवरले जिब्रोलाई आनन्द त दिन्छ नै यसमा हुने चिसोपनले शरीरलाई ठण्डा पनि बनाउँछ । तर यसमा मिसाइने तत्व भने स्वास्थ्यका लागि अनुकूल मानिंदैन । अत्यधिक मात्रामा चिनी, दूधमा हुने फ्याटले व्यक्तिलाई मोटोपन बढाउँछ । साथै, कोलेस्टेरोल पनि उच्च हुन्छ, जसले गर्दा बोसो जम्छ । परिणामस्वरूप धमनीमा अवरोध ल्याउँछ ।

बेफाइदा त्यतिमै सीमित छैन । आइसक्रिम दाँतलाई खराब बनाउने प्रमुख कारकको रुपमा लिइन्छ ।

९. इनर्जी ड्रिंक्स

मेडिकल न्युज टुडेमा प्रकाशित लेखअनुसार एनर्जी ड्रिंक्समा प्राकृतिक तत्व खासै हुँदैन । यसमा हुने सिन्थेटिक तत्वहरुले शरीरलाई नै अलमल पार्छ ।  प्रायःजसो यस्ता पेयमा क्याफिन र चिनी पाइन्छ । यसमा हुने ११ प्रतिशत कोरोसिभ हुन्छ, जसले दाँतको जरालाई त खराब गर्छ नै कलेजोलाई पनि असर गर्छ । अध्ययनहरुले दैनिक इनर्जी ड्रिंक्स खाने व्यक्तिमा कलेजोलाई छिटो असर गर्ने, मुटु स्वास्थ्यमा दखल दिने, टाउको दुखाउने सम्भावना देखाएको छ ।

१०. दुनोट र अन्य बेकरी आइटम

बिहान तातो दुनोट खानुको मज्जा नै बेग्लै हुन्छ । पेट भोको भएको अवस्थामा कोकिज वा केक टेबल अगाडि देखेपछि खाउखाउ लाग्ने गर्छ । यसमा पनि स्वस्थकर तत्व हुन्छन्, जसले स्वास्थ्यलाई हानि पारिरहेको हुन्छ । यसमा प्रशोधित पीठो प्रयोग हुन्छ, जसमा कुनै पोषण हुँदैन । त्यस्तै, दुनोटमा अत्यधिक चिनी हुन्छ । अत्यधिक चिनीलाई शरीरले टुक्र्याउन सक्दैन । जसले बोसो बन्न सघाउ हुन्छ । दुनोटमा २० ग्राम जति फ्याट हुन्छ, जुन स्वास्थ्यको लागि उपयुक्त मानिंदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४