Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“पासाङल्हामु राजमार्गको तिनपिप्ले-रानीपाैवा सडक निर्माणका लागि ५० करोड विनियोजित”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १७ २०८०
  • 2.6K
    SHARES

काठमाडौँ । सरकारले तिनपिप्ले-रानीपौवा सडक यसैवर्ष निर्माण गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तीनपिप्ले-रानीपौवा सडक यसै वर्ष निर्माण गर्ने गरी बजेट बिनियोज गरेको जानकारी दिएका छन्  । उनले त्यसका लागि ५० करोड बिनियोजन गरेको जानकारी दिएका हुन् ।

राजनीतिक संरक्षणमा ठेक्का हत्याउने तर काम नगर्ने गरी बदनामी कमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड”को घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएर पनि काम नगरेको पासाङल्हामु राजमार्गको ठेक्का केही महिनाअघि सडक विभागले तोडेको थियो । बालाजुदेखि रानीपौवासम्मको साढे २१ किलोमिटरको काम पनि भारतीय ठेकेदार कम्पनी अराभली इन्फ्रा पावरसहित नेपाली कम्पनी सैलुङ कन्स्ट्रक्सनले पाएको थियो । तर उनीहरूले ठेक्का लिएर ८ वर्षसम्म काम नगरेपछि ठेक्का तोडेको हो ।

सरकारले लामो समयदेखि निर्माण हुन नसकेको पासाङल्हामु राजमार्ग अन्तर्गत तिनपिप्ले रानीपौवा सडक निर्माणका लागि ५० करोड छुट्टयाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै आगामी वर्ष सकिने गरी सो रकम छुट्टयाइएको जानकारी गराएका छन्  । त्यस्तै काठमाडौं नुवाकोट जोड्ने विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी गराएका छन्  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब २९ करोड बजेट छुट्टयाइएको छ ।

बालाजुदेखि रानीपौवा खण्ड (१७ कि. मि.) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीको शैलुङ कन्ट्रक्सन र रानीपौवा देखि त्रिशुली (पिपलटार) खण्ड (३४ कि.मि.) नेपाली कांग्रेसका नेताको कोशी एण्ड न्यौपाने कन्ट्रक्सन २०७४ जेठ २ गते ३ वर्षमा काम सम्पन्न गर्ने गरी बोलपत्र स्वीकार गरेको भए पनि एक दशक हुँदा पनि काम गरेनन् र अहिले ठेक्का तोडिएको छ । दुबै खण्डमा भारतीय कम्पनीसँगको जेभीमा लगेको ठेक्का थियो ।

उक्त सडक नेपालका १४ वटा पुराना राजमार्गमध्ये एक भएको २०२१ फागुन २१ गते तत्कालीन सरकारले प्रकाशित गरेको ‘नेपाल गजेट’मा उल्लेख गरिएको छ । त्यतिबेला यो सडकको चौडाइ बीचबाट दायाँबायाँ २५/२५ गज तोकिएको थियो । तर, सडक एकलेनको मात्र भएको कारण सरकारले विस्तार गर्नथालेको हो । बीचबाट दायाँबायाँ २५/२५ गज निर्धारण गरिए पनि स्थानीयको जग्गाको लगत कट्टा नभएको कारण विवाद जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४