Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनचाँदीको भन्सार महसुल १५ प्रतिशतले वृद्धि एकैदिन सुनको भाउ २,४०० रुपैयाँले बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १६ २०८०
  • 2K
    SHARES

काठमाडौं । सरकारले सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार वृद्धि गरेका हुन् ।

यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेकोमा अब त्यो १५ प्रतिशतले वृद्धि भएर १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएकोमा १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको भन्सारका कारण अब प्रति १० ग्राम सुनको मूल्यमा भन्सार महसुल १२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

मंगलबार सोहीअनुसार सुन र चाँदीको मूल्य समायोजन गरेर महासंघले नयाँ मूल्य तोकेको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार एक सय र तेजावी सुनको मूल्य १ लाख ७ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको थियो ।

सरकारले बढाएको भन्सार दर समायोजन गर्दा मूल्य बढेको महासंघका अध्यक्ष मानिकरत्न शाक्यले बताए । अब १० लाख रुपैयाँ भन्दा बढीको सुनचाँदी एकै पटक खरिद गर्दा पनि थप २ प्रतिशत कर विलासिता कर लाग्ने भएकाले सुन थप महँगो हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४