Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको मलेसियामाथि सहज जित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १६ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको छ ।

पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो खेलमा संयमित प्रदर्शन गर्दै जित हात पारेको हो ।

यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्बाधिक अविजित २९ रन बनाइन् । उनले छक्का प्रहार गरी टिमको जित निश्चित गरेकी थिइन् ।

रुविनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । ओपनरद्वय कविता कुँवर र सीता रानामगरले ३३ रनको सुरुवाती साझेदारी गरेका थिए । बलिङमा मलेसियाका एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । मलेसियाका ओभरन विनीफ्राइड दुराइसिंगम र वान जुलियाले ३१ रनको सुरुवाती साझेदारी गरेका थिए । बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले २ तथा कविता कुँवर र इन्दू बर्माले १–१ विकेट लिए ।

नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । दोस्रो खेलमा जित हात पारेसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ । दुई टोलीबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४