Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज गणतन्त्र दिवस मानाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १५ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । सोमबार १६औं गणतन्त्र दिवस मानाइँदै छ ।

२०६५ साल जेठ १५ गते संविधानसभाबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको हो ।

२०६२/०६३ को आन्दोलनपछि निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताका १५ वर्षमा मुलुकमा नयाँ संविधान निर्माण तथा दुई पटक संघिय र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्म तीन तहका सरकार बनेका छन् । राजसंस्थासहितको एकात्मक राज्य व्यवस्थाले देश विकास हुन नसकेको भाष्य निर्माण गरी स्थापना गरिएको गणतन्त्रको १५ वर्षको अभ्यास भने नेतातन्त्रमा परिणत भएको छ ।

विधिको शासनको सट्टा सीमित दलका नेताहरुको कथित सहमतिबाट देश निर्देशित हुदै आएको छ । देशका मेरुदण्ड मानिने महत्वपूर्ण संस्थाहरुको ढाड भाँच्चिएको छ भने देशका कुनै पनि अंग नेतातन्त्रको छायाँबाट मुक्त छैनन् ।

भ्रष्टाचार र बेथिति गाउँ गाउँसम्म पुगेको छ । आर्थिक रुपमा पनि जर्जर र उजाड बन्दै गएको देशमा युवा जनशक्ति बस्न नचाहने अवस्था आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४