Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपाधिका लागि भारत र कजाखस्तान आज भिड्दै, नेपालले तेस्रो स्थानका लागि खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १४ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । काठमाडौंमा भइरहेको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ ।

प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै दुवै टोली फाइनल पुगेका छन् र उपाधिबाट एक कदम मात्र टाढा छन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ ।

भारतले सेमिफाइनलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो भने कजाखस्तानले घरेलु टोली नेपालविरुद्धको प्रतिस्पर्धात्मक खेल ३-२ ले जितेर फाइनलमा पुगेको हो ।

समूह चरणमा दुवै टोलीले समान तीन खेल जितेका थिए ।

यसअघि २०१९ र २०२१ मा भएको सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको घरेलु टोली नेपालले भने तेस्रो स्थानको लागि आजै उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पराजित भएपछि उपाधिमा ह्याट्रिक गर्ने सपना अधुरो रहेको नेपाल उज्वकिस्तानलाई हराउँदै तेस्रो हुने लक्ष्यमा छ ।

पछिल्लो पटक २०२१ मा बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि जितेको थियो ।

नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४