Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको स्पष्टीकरण : जलहरीमा ओलीलाई जोड्नु उचित होइन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 912
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् ।

शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्रनधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताएका छन्  ।

जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा सरकारको सहयोग रहने बताएका छन्  । उनले अगाडि भने पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।

१० जेठमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचारका काण्डहरु भएको भन्दै भनेका थिए, ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।

१२ जेठको बैठकमा नेकपा एमाले सांसदहरुले दाहालको अभिव्यक्तिमा आपत्ति जनाए । प्रमुख प्रतिपक्षी दलका नेतामाथि पशुपतिमा सुनको जलहरी भनेर पित्तल टाँसेर आरोपित गरेको भन्दै माफी माग्नुपर्ने अडान राखे । नेकपा एमाले सांसदहरुले रोष्टम नै घेराउ गरेपछि शुक्रबार संसद नियमित कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।

शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार शनिबार प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसदको अवरोध हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४