Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको मलेसिया भ्रमण : पहिलो अन्तर्राष्ट्रिय उपाधि लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । डेढ दशकलामो इतिहासमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । अर्को साता मलेसियासँग पाँच टी–२० खेलको शृंखला खेल्न लागेको नेपालको लक्ष्य सिधा उपाधिमा हुनेछ । सोमबारदेखि सुरु हुने शृंखलाका लागि नेपाल टिम आज शनिबार मलेसिया जाँदैछ । प्रशिक्षक सामसन जंग थापाले १४ सदस्यीय टिमको घोषणा गरिसकेका छन् । रुविना क्षेत्रीको कप्तानीमा रहने टिममा सबै अनुहार पुरानै छन् ।

नेपालले गत वर्ष एसीसी वुमन्स टी–२० च्याम्पियनसिपपछि ११ महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । यसबीचमा घरेलु क्रिकेटमा प्रधानमन्त्री कप र ललितपुर मेयर्स कप गरी दुई प्रतियोगिता आयोजना भएका थिए । मलेसियासँग दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । महिला क्रिकेटले हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि र उपलब्धीमा पाइला बढाउन सकेको छैन । यस पटक भने खेलाडीमा रहेको कमजोरी र समस्यालाई सुधार गर्दै नेपाल सकरात्मक नतिजा ल्याउन चाहन्छ । ‘हामी सकेसम्म पाँचैवटा खेल जित्ने प्रयासमा हुनेछौं, कप्तान रुविनाले भनिन्, ‘मलेसियासँग हामी जितिरहेका छौं । यसपल्ट पनि त्यो आत्मविश्वास छ ।

महिला क्रिकेटमा फिटनेसको परम्परागत समस्या केहि हदसम्म समाधान भएको कप्तान रुविनाले बताइन् । नेपाली महिला क्रिकेट टिमले यस शृंखलाका लागि मुलपानी मैदानमा ८ दिनको प्रशिक्षण गरेको छ । प्रशिक्षक सामसन जंग थापा पनि मलेसियामाथि शतप्रतिशत जितको अपेक्षा गर्छन् । हामी यो सिरिजका सबै खेल जित्ने प्रयासमा छौं । जसका लागि हामीले २ दिन इन्डोर सेसन गर्याैं, २ वटा अभ्यास खेल खेल्यौं र विशेषत हामीले यस छोटो प्रशिक्षण समयमा ब्याटिङ र बलिङमा ध्यान दिएर प्रशिक्षण गरेका छौं,’ प्रशिक्षक थापाले भने ।

टी–२० विश्वकप एसिया छनोट तयारी

नेपाली महिला टिमले आउने भदौमा आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता खेल्नेछ । सो प्रतियोगिता पनि मलेसियामा नै हुनेछ । जसका कारण नेपाली महिला क्रिकेट टिमलाई यो सिरिज मलेसियाको पीच र वातारण बुझ्ने अवसर रहेको प्रशिक्षक थापाले बताएका छन्  । उनले भने, ‘आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटका लागि यो सिरिज महत्वपूर्ण हुनेछ । यो सिरिजमा हामीले मलेसियाको कन्डिसन र पिच बुझ्ने अवसर पाउनेछौं ।

आईसीसी वरीयतामा नेपाल १६ औं स्थानमा छ भने मलेसिया २८ औं स्थानमा छ । वरीयतामा कमजोर भए पनि मलेसियाले पछिल्लो समय थुप्रै अन्तर्राष्ट्रिय एक्सपोजर लिइरहेको छ । जसका कारण नेपालका लागि मलेसिया कमजोर प्रतिस्पर्धी भने पक्कै हुनेछैन । प्रशिक्षक थापा भन्छन्, ‘मलेसिया भखर्रै श्रीलंका टुर गरेर आएको छ । वरीयतामा कमजोर भए हामीले उसलाई बलियो प्रतिस्पर्धीको रुपमा लिएका छौं ।

नेपालले मलेसियासँग यो सिरिज खेल्न पाउनु आफ्नो स्तर परीक्षण रहेको कप्तान रुविना क्षेत्रीले बताइन् । ‘हाम्रो लागि यो सिरिजमा रिजल्ट एकदमै महत्वपूर्ण हुनेछ । हामीले यो सिरिज भाग्यबस मलेसियामा नै पाएका छौं जसले गर्दा हामीले क्वालिफर्यसको लागि हाम्रो स्तर कस्तो रहेछ भनेर थाहा पाउने मौका हुनेछ, कमजोरी पहिचान गरी सुधारको प्रयासमा सहज हुने उनले बताइन् ।

नेपाली टिमले मलेसियाको टिमको हरेक खेलाडीको अध्ययन गर्दै यो सिरिजमा सफलताको तयारी गरेको कप्तान रुबिनाको भनाइ छ । ‘मलेसियाको टिम अगाडी नै घोषणा भएकाले हामीले हरेक खेलाडीको अध्ययन गरेका छौं । उनीहरुले धेरै अलराउन्डर राखेका छन्,’ रुबिनाले भनिन् । नेपाल क्रिकेट संघ (क्यान) यो प्रतियोगिता नेपाली महिला क्रिकेटको स्तरोन्नत्तिका लागि महत्वपूर्ण रहेको बताउँछ ।

कोषाध्यक्ष रोशनकुमार सिंहले भने,युगान्डासँगको सिरिज अगाडि हामी १४औं स्थानमा थियौं । हामी १२ औं स्थानमा उक्लिएको भए हामीले आर्थिक र एक्स्पोजरका लागि धेरै फाइदा हुन्थ्यो । यदि महिलाको ग्रेडिङ बढेको खण्डमा आएको पैसा हामी महिलाकै स्तर उन्नतिमा खर्च गर्ने योजनामा छौं । हाल नेपाल क्रिकेट संघ क्यानले यो प्रतियोगिता महिला खेलाडीको वर्गीकरणमा सहयोगी हुने कोषाध्यक्ष सिंहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४