Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री र सदस्य सचिवको द्वन्द्वले रोकियो कोशी प्रदेशको खेलकुद गतिविधि


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । जेठ १ गतेदेखि ७ गरेसम्म मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना हुनेभएपछि हतार हतार गरेर ओखलढुंगामा रंगशाला तयार गरियो । प्रतियोगितामा सहभागिताका लागि १४ वटै जिल्लाले खेलाडी छनोटको प्रक्रिया अघि बढाएका छन्  । तर जेठ १२ गतेसम्मम प्रतियोगिता हुने नहुने अन्योल छ । जिल्ला तहको तयारी पनि रोकिएको छ ।

कोशी प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेबीचको विवादका कारण प्रतियोगिता अन्योलमा परेको हो । ‘हामीले सबै तयारी पुरा गरिसकेका थियौं, तर प्रदेश सरकारले खेलकुद विकास बोर्डको खाता रोक्का गरेपछि प्रतियोगिता रोकियो,’ जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविण श्रेष्ठले भने,’ अब प्रतियोगिता हुने नहुने टुङ्गो छैन् ।

जेठ १३-१५ सम्म झापामा कोशी प्रदेश स्तरीय ‘मिस्टर कञ्चनजंगा’ शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गर्ने तयारी थियो । मन्त्रालय र बोर्डबीच विवादका कारण बजेट रोकिएपछि आयोजकले यो प्रतियोगितालाई जेठ २५-२६ गतेका लागि सारेको छ ।

‘प्रतियोगिता आयोजनाका लागि हाम्रो १० लाख जति खर्च भइसक्यो, तर खेलकुद बोर्डको खाता रोक्का भएपछि प्रतियोगिताको मिति नै सार्नुपर्‍यो,’ आयोजक संस्था वडी ग्यारेज फिटनेशका सञ्चालक राम दाहाल भन्छन्,’ बजेट नदिएपछि मन्त्रीलाई भेट्यौं, बिनियोजन भइसकेको बजेट दिने आश्वासन पाएका छौं । सबै तयारी पुरा भएपनि प्रदेशले दिने १५ लाख बजेट रोकिएपछि प्रतियोगिताको मिति सारिएको उनले बताएका छन्  ।

फुटबल र शारीरिक सुगठन प्रतियोगिता मात्रै होइन्, बैशाख दोस्रो साताबाट कोशी प्रदेशमा हुने सबै खेलकुद गतिविधि रोकिएको छ । प्रदेश सरकारको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र प्रदेश खुलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेबीचको विवादका कारण खेलकुद गतिविधि ठप्प भएको हो ।

गत वैशाख ५-८ गतेसम्म झापामा आयोजित मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भएपछि खेलकुद गतिविधि ठप्प भएको हो । प्रतियोगिताको उद्घाटनमा कोशी प्रदेशको नाम नलेखेपछि मन्त्री राजभण्डारी र सदस्यसचिव वाग्लेबीच विवाद भएको थियो । सोही विषयलाई आधार बनाएर प्रदेश सरकारले खेलकुद बोर्डका सदस्यसचिव वाग्लेलाई स्पटीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधेलगतै बोर्डको बैंक खाता रोक्का गर्यो । खाता रोक्का भएपछि खेलकुद गतिविधि ठप्प भएका हुन् । नाम उल्लेख नगरेको कारण देखाउँदै जेठ ३ गते बसेको प्रदेश मन्त्रीपरिषद बैठकले वाग्लेलाई बर्खास्त गरेको थियो । बर्खास्तीको विरुद्ध वाग्ले उच्च अदालत पुगेका छन् । वाग्लेलाई तत्काल नहटाउन अल्पकालिन आदेश दिएको अदालतले दुवै पक्षलाई जेठ २२ गते बोलाएको छ ।

अदालतको अल्पकालिन आदेशपछि काममा फर्किएका वाग्ले खेलुकद प्रतियोगिता रोकिएको बताउँछन् । प्रतियोगिता सञ्चालनका लागि आफू तयार रहेको उनले बताए । ‘मलाई स्पष्टीकरण सोधेर प्रदेश सरकारले बैंक खाता रोक्का गरेको छ, मन्त्रालयले नै चलाएर भए पनि निश्चित भएका प्रतियोगिता होस्,’ उनले भने,’ खेलकुद गतिविधि ठप्प हुन दिनहुँदैन् ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी खेलकुद बोर्डको खाता रोक्का भएका कारण खेलकुद गतिविधि ठप्प भएको स्वीकार गर्छन् ।सदस्यसचिव वाग्लेले बदमासी गरेर प्रतियोगितामा प्रदेशको नाम नलेखेपछि कारवाही गरेको बताउँदै उनले खाता सञ्चालन गरी प्रतियोगिता सञ्चालन गर्ने बताएका छन्  । ‘लेखापाल र सदस्यसचिवको हस्ताक्षरमा खाता चल्ने रहेछ, सदस्यसचिव कारबाहीमा परेपछि विकल्प के रहन्छन् भनेर कानुनी परामर्श गर्छाैं,’ उनले भने,’ हामी कुनै प्रतियोगिता रोक्ने पक्षमा छैनौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४