Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.1K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. जेठ १३, २०८० । ई.सं. २७ मे २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ तछलाथ्व । पिङ्गल उत्तरायण ग्रीष्म। शनिबार ज्येष्ठ शुक्लपक्ष । तिथि सप्तमी ०५:४४ बजेसम्म, त्यसपछी अष्टमी । नक्षत्र मघा २२:०८ बजेसम्म, त्यसपछी पूर्वफाल्गुनी । योग व्याघात १८:५४ बजेसम्म, त्यसपछी हर्षण । करण वणिज ०५:४४ बजेसम्म, त्यसपछी भद्रा १८:४३ बजेसम्म, त्यसपछी वव । चन्द्रराशि सिंह। आनन्दादि योग पद्म । दिनमान ३४।०८ १३:३९ । सूर्योदय ५:१२ । सूर्यास्त १८:५१ । भ. ५:४४ उ. १८:४३ प. । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य १|११|४|३७ । चन्द्र ४|४|४९|३५। मंगल ३|८|१८|२ । बुध ०|१७|३१|५० । बृहस्पति ०|८|५७|१२ । शुक्र २|२६|३४|५१ । शनि १०|१०|१|२७ । राहु ०|७|३४|५९ । क्रान्ति उ २१|१४ । वेलान्तर (-)२:१६ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि, बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
दाजुभाइमा असमझदारी बढ्न सक्छ। जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दु:ख पाइनेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्यवसायमा सामान्य लाभ हुनेछ तर साेचेको दाम भने नउठ्न सक्छ। आफ्नाे लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। मिहिनेतले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मयोगबाट मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। केही रकम भने अरूका लागि खर्चनुपर्ने हुन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वादिष्ट खानपान र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यापार बढ्नेछ र व्यवसायमा मनग्य लाभ हुनेछ। आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। नाम, दाम र इनाम हातपार्न सकिनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ। गोपनीयता बाहिरिनाले केही समस्यामा भने परिएला। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४