Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किसानलाई समयमै मल दिन माग गर्दै नेमकिपाको विरोध प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १२ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघले किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार संगठनले काठमाडौंको रत्नपार्कमा किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले किसानलाई उपलब्ध हुने सरकारी अनुदान रक्म युरिया मलमा प्रतिकेजी ८० रुपैयाँलाई ६४ रुपैयाँमा घटाएको, डिएपी मलमा प्रतिकेजी ५९ रुपैयाँलाई ५२ रुपैयाँमा घटाएको, पोटासमा ५८ रुपैयाँलाई ४६ रुपैयाँमा घटाएको भन्दै विरोध जनाएका छन् ।

रासायनिक मलमा गरिएको मूल्यवृद्धि र अनुदान कटौतिको बिरोधमा देशभरका किसानहरुले संघर्ष गरेपछि वर्तमान सरकार यथास्थितिमा राख्न बाध्य भएको भन्दै समयमा सुपथ मूल्यमा मल उपलब्ध गराउन नसक्ने नेपाली कांग्रेसको समर्थन प्राप्त सरकारलाई सिंहदरबार कम्जा गरेर बस्ने अधिकार नरहेको बताएको छ ।

उनीहरुले निजी बैंक र श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्नुपर्ने, नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्नुपर्ने लगायतका माग राखेर विरोध जनएका हुन् ।

नेमकिपाले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्, तीन प्रतिशतको मत सीमा खारेज गर्, अमेरिकी साम्राज्यवाद मुर्दावाद्, देशघाती नागरिकता विधेयक खारेज गर् लगायका प्लेकार्डबोही विरोध जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४