Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली शरणार्थी प्रकरण फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १२ २०८०
  • 2.7K
    SHARES

काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न अर्की अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो।

फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई पक्राउ गरेपछि आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको काठमाडौँ प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिएका छन्  ।

अन्य अभियुक्तको बयान चलिरहेका बेला पक्राउ परेकी महर्जनलाई सिधै अदालतमा उपस्थित गराइएको उनले बताएका छन्  ।

अब महर्जनको पनि अदालतमै बयान अघि बढ्ने भएको छ । उनी सँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ । भने, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जनासहित ३३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

अझै पनि १४ जना फरार सूचीमा छन् । उनीहरुविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४