Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १२ २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता गरिदिएका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा फिर्ता पठाएका हुन् ।

राष्ट्रपति कार्यालयले रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुनबमोजिम गर्न भनेर गृह मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।

कार्यालयले यससँगै टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले दिएको निवेदनलाई समेत राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।

शुक्रबार नै सर्वोच्च अदालतले समेत जन्म कैदको फैसला सदर गएको चौधरीलाई आममाफी दिन लागिएको भन्दै राष्ट्रपति कार्यालयमा निवेदन परेको थियो ।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले राष्ट्रपति समक्ष निवेदन दिएकी थिइन् ।

सरकारले यही जेठ १५ गते आममाफी दिएर छाड्ने गरी आममाफीको प्रक्रिया अगाडी बढाएपछि पीडितले आपत्ति जनाएकी थिइन् ।

टिकापुर घटनामा ७ प्रहरीसहित एक नाबालकको हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४