Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क पाउन सके भ्रष्टाचार कम हुन्छ : सांसद थापा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १० २०८०
  • 2.1K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्युनिकरण हुने धारणा राखेका छन् ।बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राखेका हुन्  ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताएका छन्  । उनले यसका लागि लोकसेवा आयोगको भुमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानून, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताएका छन्  ।लोकसेवा आयोगको भुमिका बढाउनेदेखि लिएर प्रदेशलाई सञ्चालन गर्ने कुरासँग स्वार्थको द्वन्द्वको कानूनदेखि लिएर संवैधानिक निकायका नियुक्ति सम्मका विषयहरु एक ठाउँ जोडेर राख्यो भने मात्रै हामीले यो नितिबाट भ्रष्टाचार न्यून गर्छौँ,’ उनले भने, ‘सुशासन गर्छौँ भनेको लक्ष्य प्राप्त हुने रहेछ । न कि हामीले अख्तियार बलियो बनाउँछु, दुई, तीनवटा काम गर्छु भनेर मात्र नहुने रहेछ ।

उनले गुणस्तरीय शिक्षा र स्वास्थ्य यो दुई वटाको पहुँच सर्वसुलभ, संविधानको वाचा अनुसार निःशुल्क प्राप्त गर्ने हो भने यसले नेपालमा भ्रष्टाचारलाई कम गर्ने बताएका छन्  । महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताएका हुन्  । न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उनले न्यायको अनुभुति पनि हुनुपर्ने बताएका छन्  । प्रकरणका दोषि कोही पनि छुट्नु नहुने उनको भनाई छ ।

उनले भने, ‘अहिले जसरी आउन थालेको छ, एकप्रकारले लाज पनि लजाएको जस्तो भएको छ । को को परेको हो ? को को नपरेको हो ? सुन्दासुन्दै, बुझ्दै जाँदाखेरी हाम्रो वरिपरि भएका, हामीले देखिरहेका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने जस्तो लाग्न थालेको छ । तर यसमा सरकारको परीक्षा हेर्नुछ ! परीक्षा छ ।

अनुसन्धान कसरी भइरहेको छ, सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् । चाहे त्यो सलामी लिने मान्छे होस् । जसलाई छोएको छ, जसको नाम आएको छ । त्यसको फेयर अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन । मैले गरिनँ भनेर भन्ने कुराले कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन ।उनले अनुसन्धान कसरी भइरहेको छ भन्नेकुरा आम नागरिकले हेरिरहेका उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४