Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 2.1K
    SHARES

काठमाडौँ । सरकारले यो वर्षदेखि असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि ८ सेप्टेम्बरमा पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा दिवस पनि मनाइँदै आएको थियो । तर, २०३१ सालदेखि २०६२÷६३ को राजनीतिक परिवर्तनअघि सम्म १२ फागुनमा शिक्षा दिवस मनाउने गरिएको थियो ।

सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी ऐन पारित भएको दिन २ असोज भएकोले सोही दिन शिक्षा दिवस मनाउने निर्णय सरकारले गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले शिक्षा क्षेत्रमा लगानी गर्ने विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निणइ गरेको छ ।

त्यस्तै, विद्यालय क्षेत्र रुपान्तरणका लागि विश्व बकैंबाट प्राप्त हुने १२० मिलियन डलरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४