Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 2.2K
    SHARES

काठमाडौँ । जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा जनमत पार्टीका मन्त्रीलाई मन्त्रालयविहीन बनाइएको छ । सहमति विपरीत मन्त्रालयविहीन बनाउने काम भएका भन्दै जनमत पार्टी आक्रोशित बनेको छ । जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका दलका नेता महेशप्रसाद यादवले विना सहमति मन्त्रालय खोसिएपछि यसबारे पार्टीभित्र छलफल भइरहेको बताएका छन् । उनले हालसम्म आधिकारिक जानकारी नभए पनि जनमत पार्टीले सम्हाल्दै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फेरिएको सुनिएको बताएका हुन्  ।

उनले प्रदेश प्रमुखको कार्यालयमा आजै १ बजे हुने नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुने वा नहुने भन्नेबारे पार्टीमा छलफल गरेर निर्णयमा पुगिने बताएका छन् । सरकारमा अहिले जनमत पार्टीका वसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा छन् । तर उनको जिम्मेवारी खोसेर नेकपा एकीकृत समाजवादी दलका नेता गोविन्द बहादुर न्यौपानेलाई दिने सहमति भएको मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिएका छन्  ।

उनका अनुसार कृषि मन्त्रालयका जिम्मेवारीमा रहेका जनमतका कुशवाहालाई विना विभागीय मन्त्रीको रूपमा नियुक्त गर्ने तयारी रहेको छ । प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि करिब दुई महिना पछि हुन लागेको मन्त्रिपरिषद् विस्तारमा जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जना र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री सहभागी हुन लागेका हुन् । यस्तै लोसपाले भने मन्त्रालयको टुङ्गो नलागेकाले मन्त्रीको नाम टुंगो लगाएको छैन ।

नेपाली कांग्रेसबाट मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री, नेपाली कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्री र नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ । मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ । 

जसअनुसार नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेपाली कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ ।  मधेस प्रदेशका मुख्य मन्त्री सरोज यादवसँग भएको छलफल अनुसार नेपाली काँग्रेसले दुई वटा मन्त्रालय पाएको र आजै शपथ हुने तय भएको जानकारी दिएका छन्  । 

मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफल अनुसार नेकपा एकीकृत समाजवादीले कृषि मन्त्रालय पाएको छ । जनमतको भागमा रहेको कृषि मन्त्रालय खासेर नेकपा एकीकृत समाजवादीलाई दिइएको हो ।  सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ । यस्तै जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।   यस्तै लोसपाले पनि एक मन्त्रालय पाएको छ । लोसपाले मन्त्रालय निश्चित नभएकाले नाम दिइसकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४