Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 1.4K
    SHARES

कास्की । पोखरामा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गएराति करिब सवा एक बजेतिर हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल खहरेचोकस्थित बिजुलीको पोलमा ठोक्किएको थियो ।

सो दुर्घटनामा मोटरसाइलको पछाडि सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खतिवडाको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँ घाइते भएका छन् । उनको टाउको र घाँटीमा चोट छ ।

मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बैदामको टोलीले उद्धार गरेर घाइतेलाई अस्पताल पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४