Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ८ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरुलाई संगठित ठगी र राज्य विरुद्धको कसूर मुद्दा चलाउन राय दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले बताएका छन् ।

यो मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ ।

यो प्रकरणमा मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने १ जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको छैन ।

अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन्  ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अपरान्हसम्म जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेश गर्ने तयारी गरेको छ। सोमबार ८ जना सरकारी वकिलले यो मुद्दामा प्रतिवेदन अध्ययन गरी अभियोगपत्र बनाउन थालेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा पछि नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसभासद तथा नेपाली कांग्रेस नेता आङटावा शेर्पा, तत्कालिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका छन् ।

अरु भने फरार रहेका छन् । प्रहरीले यो प्रकरणमा बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, टेक गुरुङ, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, रामशरण केसी, केशब तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जनविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।

त्यस्तै अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, सुनिल बुढाथोकी, प्रतिक थापा, शमशेर मिया, गोकुल थापा, रमा थापा, निरञ्जनकुमार भुजेल, आङटावा शेर्पा र टेकनाथ रिजाललाई पनि मुद्दा चलाउन राय दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४