Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्याट्रिक लक्ष्यमा नेपाल : आर्थिक अभावले खुम्चिनुको पीडा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ७ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । नेपाली महिला भलिबल टिमले उपाधि लक्ष्यसहित भोलि सोमबारदेखि घरेलु मैदानमा काभा वुमन्स च्याम्पियनसिप खेल्दैछ ।

३ महिना लामो तयारी गरेको नेपालले कुनै पनि मैत्रीपूर्ण खेल बिना नै प्रतियोगिता खेल्दैछ ।

नेपाल यसअघि काभाद्वारा आयोजित दुई प्रतियोगिताको उपाधि विजेता टिम हो । नेपाल यसपटक घरेलु मैदानमा घरेलु दर्शकका अगाडि ह्याट्रिक गर्ने तयारीमा छ । नेपाली टिमले ३ महिनाको तयारी गरे पनि आर्थिक अभावका कारण अभ्यासका लागि मैत्रीपूर्ण खेल खेल्न नपाएको नेपाली टिमकी कप्तान अरुणा शाहीले बताइन् ।

‘सबै कुरा बजेटमा नै भर पर्नेछ रहेछ । हामीले मैत्रीपूर्ण खेलको लागि अनुरोध पनि गरेका हौं । तर सबै कुरा बजेटमा नै आएर रोकिने रहेछ,’ प्रतियोगिता सुरु हुनुअघिको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘हामीले अहिले यो प्रतियोगिता गर्न पनि गाह्रो अवस्था थियो ।’

मैत्रीपूर्ण खेल नखेले पनि प्रतियोगितामा राम्रो गर्ने विश्वास रहेको टिम कप्तानले बताइन् । उनले भनिन्, ‘हामीले मैत्रीपूर्ण नखेले पनि सबैलाई प्रतिस्पर्धात्मक रुपमा खेल्नेछौं ।

नेपालले यसभन्दा अघि काभाका बी डिभिजनका टिमसँग खेलेर उपाधि जितेको थियो । तर नेपालले ८ टिममध्ये कागकिस्तानलाई बलियो प्रतिस्पर्धी ठानेको छ । कप्तान अरुणाले भनिन्, काजकिस्तानलाई रिजल्ट र वरियताको हिसाबले सबैभन्दा बढी बलियो टिम भनेर हेरेका छौं तर हाम्रो लागि प्रत्येक खेल उत्तिकै महत्त्वपूर्ण छ ।’

नेपालका प्रमुख प्रशिक्षक जान डी ब्रान्टले भने नेपालको तयारी सम्पूर्ण राम्रो भएको र अहिले हरेक खेलाडी फिट रहेकाले राम्रो सुरुवातको अपेक्षा राखेको  बताएका छन्  । ‘एक हप्ता अगाडि हाम्रा केही खेलाडी बिरामी थिए तर अहिले सबै ठिक छन् । हामी राम्रो सुरुवातको अपेक्षा राख्दछौं,उनले भने ।

प्रतियोगितामा खेल्न आएका अन्य टिमका कप्तान र प्रशिक्षकले पनि आफूहरु तयारी राम्रो गरेर नेपाल आएको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४