Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपन्न वर्गको निशुल्क उपचार गर्न काठमाडौंका अस्पताललाई महानगरपालिकाको उर्दी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ७ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिले महानगर भित्रका अस्पतालहरूलाई लक्षित वर्गको निशुल्क उपचार गर्न निर्देशन दिएको छ ।

मेयर बालेन्द्र शाहले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको दश प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिनुभएको हो ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा सो व्यवस्था भएको उल्लेख गर्दै मेयर शाहले अस्पतालहरूलाई उक्त ब्यवस्था कार्यान्वयन गर्न सचेत गराउनु भएको हो ।

यस्तै अस्पतालहरुले सेवाग्राहीमैत्री सेवा प्रवाह गर्नुपर्ने र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि भनिएको छ ।

यस्तै फोहोरमैला व्यवस्थापन, अस्पतालका क्यान्टिनमा खाद्य गुणस्तर कायम, परिक्षणका लागि बाहिरका प्रयोगशालामा सिफारिस नगर्नेलगायतका विषयहरुको पनि अनुगमन गर्ने भन्दै मेयर शाहले प्रचलित कानुन पालनामा अटेरी गरे कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ ।

महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने र सोको विवरण हरेक महिना प्रकाशित गर्नुपर्ने मेयर शाहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४