Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेमीद्वारा एक मोडलको गोली हानी हत्याको प्रयास


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.1K
    SHARES

एजेन्सी । भारतको हरियाणाकाे साइबर सिटी गुरुग्राम शहरमा प्रेमीद्वारा मोडलको गोली हानी हत्याको प्रयास गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शाइना नाम गरेकी माेडललाई उनकाे धीरज नाम गरेका प्रेमीले गोली हानेको खुलासा भएको हाे ।

गोली लागेर अस्पताल भर्ना भएकी शाइना को अवस्था अझै नाजुक छ ।

चिकित्सकले उनलाई भाइब्रन्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छन् । यसैबीच धीरजले नै गोली हानेर उनलाई बेहोसी अवस्थामा अस्पताल पु र्‍याएको बताइएको छ । दिल्ली प्रहरीले धीरजको खोजी गरिरहेको छ ।

घटनाबारे जानकारी पाएपछि शाइनाका आमाबुवा अस्पताल पुगेका थिए । अस्पतालमा १२ घण्टाको शल्यक्रियापछि शाइनाको पेटबाट गोली निकालिएको थियो । शाइना बेहास अवस्थामा रहेको कारण अहिलेसम्म प्रहरीलाई घटनाबारे बयान दिन भने सकेकी छैनन् ।

प्रहरीले अस्पतालको सीसीटीभी फुटेजलाई भने नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४