Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिरासतको झ्यालबाट कांग्रेस नेतासँग पूर्वगृहमन्त्री खाँणको संवाद


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असूली गरेको गिरोहसँग साँठगाँठ देखिएको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँण अहिले प्रहरी नियन्त्रणमा छन् ।

जिल्ला प्रहरी परिसर, टेकुले उनलाई अन्य अपराधका आरोपीहरुसँगै नियमित हिरासतमा त राखेको छैन । तर, पहिले डीएसपीहरु बस्ने कोठा खाली गराएर प्रहरीले उनलाई बन्द कोठाभित्र राखेको छ ।

यिनै गृहमन्त्री खाँणलाई भेट्न शुक्रबार अपराह्न कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्मा, नेतृ लक्ष्मी परियारलगायत जिल्ला प्रहरी परिसर, टेकु पुगे । प्रहरीले दुवै जनाको नाम अभियुक्तलाई भेट्न आउनेको नाम भएको पुस्तिकामा टिप्यो र उच्च अधिकृतहरुसँग भेटघाटका लागि अनुमति माग्यो ।

प्रहरी अधिकृतहरुले ‘पूर्वगृहमन्त्रीज्यूलाई भेट्न माननीयज्यूहरु आउनु भएको छ’ भन्दै उच्च अधिकृतहरुलाई बताए । त्यसपछि अन्यलाई झैँ झ्यालबाट भेटघाट गर्न दिन अनुमति दिइयो । त्यसअनुसार खाँणलाई राखिएको कोठाको झ्याल खुल्यो । अन्य व्यक्तिहरुलाई झैँ एक मिनेट कुरा गर्न दिइयो ।

स्रोतका अनुसार भेटका क्रममा खाँणले आफूलाई देशी, विदेशी शक्तिले चलखेल गरेर षडयन्त्रपूर्वक तरिकाले फसाएको दाबी गरे । उनले प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै अदालतबाट न्याय पाउने बताए ।

विश्वकर्मासहित भेट्न गएकाहरूले ‘बसाइ र खाना कस्तो छ ? बाहिरबाट ल्याउनु पर्छ कि’ भन्दै प्रश्न गरे । खाँणले ‘अरु सबै ठिक भएको’ बताए । त्यति कुरा हुँदा प्रहरीले भेट्ने समय सकिएको संकेत गरे । खाँणलाई प्रहरीले २७ वैशाखमा पक्राउ गरेको थियो ।

उनी गृहमन्त्री हुँदा सचिव रहेका टेकनारायण पाण्डेको बयानका आधारमा उनलाई प्रहरीले घरबाट पक्राउ गरेको थियो । खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४