Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५-१ ले हरायो ।

गोकुलमका लागि इन्दुमतिले पनि दुई गोल गरिन् भने एक गोल भिभिएन अडेजेईको नाममा रह्‍यो ।

गोकुलम केरलाले अब उपाधिका लागि नेपाली खेलाडीद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीसँग खेल्नेछ ।

अहमेदवादमा भएको दोस्रो सेमिफाइनलमा गोकुलम केरालले एक गोलले पछि परेको अवस्थामा पुनरागनमा गर्दा पाँचै गोलमा सावित्राको योगदान रह्यो । इन्दुमतिले पेनाल्टीमा पहिलो गोल गर्दा सावित्रालाई नै फाउल भएको थियो ।

खेलको १८औं मिनेटमा युमनाम कमला देवीले गोल गर्दै इस्टर्न स्पोर्टिङ युनियनलाई अग्रता दिलाएकी थिइन् । तर लामो समय टिकेन ।

३१औं मिनेटमा गोकुलम केरलाकी इन्दुमति काथिरेसनले बराबरी गोल गरिन् । पहिलो हाफको इन्जुरी टाइममा सावित्राले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफमा गोकुलमले तीन गोल थप्यो । सावित्राकै पासमा ५५औं मिनेटमा भिभियन र ७०औं मिनेटमा इन्दुमथिले गोल गरिन् भने सावित्राले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरिन् ।

जारी लिगमा ९ खेल खेल्दा ५ खेलमा ह्याट्रिक गरेकी सावित्राले सर्वाधिक २८ गोल गरेकी छन् । उनले एकै खेलमा ७ गोलसमेत गरेकी थिइन् ।

सावित्राले दुई पटक इन्डियन वुमन्स लिगको उपाधि जितिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४