Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्पेनी नागरिकको हिमाल आरोहण प्रयास चौधौं पटक असफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ४ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको धौलागिरी हिमालको सफल आरोहण गर्ने प्रयास यस पटक पनि सफल हुन सकेन ।

धौलागिरि आरोहणका लागि गएका फोन्तेन शिखर भन्दा केही तल दूर्घटनामा परेपछि उनको चौधौं पटकको प्रयास पनि सफल हुन नसकेको हो ।

८ हजार १ सय ६७ मिटरको उचाइको तेस्रो शिविरबाट माथि जाने क्रममा फोन्तेन दूर्घटनामा परी घाइते भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । यसैबीच, विभिन्न देशका आठ जना पर्वतारोहीहरुले बुधबार धौलागिरि हिमालको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक मार्फत् गएका नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पा बुधबार बिहान विश्वको सातौं अग्लो शिखरमा पुगेका हुन ।

यस्तै, पायनियर एडभेन्चरबाट गएका सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पा पनि बुधबार विहान नै धौलागिरिको चुचुरोमा पुगेका थिए । धौलागिरि आरोहणका लागि यो सिजनमा ११ महिलासहित ३५ जनाले अनुमति लिएका छन ।

उता, सेनाको सफा हिमाल अभियानमा संलग्न संखुवासभाका फुर्वा शेर्पाको सगरमाथाबाट झर्ने क्रममा मृत्यु भएको छ । सगरमाथाको सफाइ आरोहण सकेर फर्किने क्रममा लडेर उनको मृत्यु भएको र सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४