Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सोमबारबाट सुरु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको हो ।

सोमबार प्रश्न सोध्दा सोध्दै ‘आजलाई भयो’ भन्दै पूर्वगृहमन्त्री खाँण उठेका थिए । ‘५/६ वटा प्रश्न सोध्ने वित्तिकै अब भयो.. भयो भन्दै उहाँ उठ्नुभयो’, सरकारी वकिलको कार्यालयका एक अधिकारी भन्छन्, ‘प्रश्न सोध्दा उहाँले एकदमै झिजो मान्नुभयो, पछि स्वास्थ्य पनि समस्या भनेर उहाँलाई पठाइयो ।

सरकारी वकिलको कार्यालयले खाँणको बयान सोमबारै सक्ने तयारी गरेको थियो । तर, उनले बोल्न नमानेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो । जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद भएलगत्तै उनलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।

‘आफ्नो त केही छैन, बयान पनि ५ मिनेटमै सकिन्छ’ भन्दै उनी बयान दिने कक्षतिर छिरेका थिए । तर, राति ७ बजेसम्म उनको बयान लिइएको थियो । ‘निर्धारित प्रश्नहरु हुन्छन्, त्यो सक्न समय लागि हाल्छ’, सरकारी वकिलको कार्यालय स्रोत भन्छ ।

अधिकारीहरुका अनुसार अहिले बयान दिन उपस्थित भएका पूर्वगृहमन्त्री खाँण चाहिँ अलमलिएका जस्तो देखिन्छन् । ‘कतिपय प्राविधिक विषयका प्रश्नहरु छन्, केही पत्राचारका कुरा, केही निर्णयका कुराहरु मन्त्रीलाई थाहा हुने विषय पनि भएन’, ती अधिकारी भन्छन्, ‘त्यसैले उनी केही विषयमा अलमलिएका छन् ।’

अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएकाले पनि प्रहरी दबावमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४