काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।
अनुसन्धानका लागि म्याद थप्न प्रहरीले काठमाडौं जिल्ला अदालत पुर्याएका खाँणले अदालतबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।
अदालतले खाँणसहित अन्य १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
खाँण गत बुधबार आफ्नै निवास मैजुबहालबाट पक्राउ परेका थिए ।