Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“दोषी ठहरिए देउवा,ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३० २०८०
  • 3.2K
    SHARES

काठमाडाैं । भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत नागरिक आन्दोलन शुरु भएको छ ।

काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन शुरु गरेका हुन् । प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भूटानी शरणार्थी प्रकरणको सत्यतथ्इ छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताउनुभयो ।

उहाँले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारले शीर्ष नेताहरुको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले ठूला नेताहरु भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भूटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ । निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ । प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो ? तर सबै पार्टी भ्रष्ट नै छन् ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भूटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट आभानो नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४