Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फैसलाप्रति खुसी छु, परिवारले असाध्यै माया गर्नुभएको छ : निहारिका


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 6.5K
    SHARES

काठमाडौँ । आफूमाथि जबरजस्ती करणी भएको तर जिल्ला अदालतले बलात्कारीलाई सफाइ दिएको भन्दै उच्च अदालत जनकपुर पुगेकी निहारिका राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले पनि आरोपितलाई सफाइ दिएको छ । बुधवार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रेखा थापा पाण्डे र सागर विष्टको संयुक्त इजलासले शिवराजको पक्षमा फैसला सुनाउँदै बलात्कारको अभियोगबाट श्रेष्ठलाई सफाइ दिएको हो । 

निहारिका राजपुत अर्थात् सोनालीकुमारी सिंहले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्दै धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको इजलासले बलात्कारको उक्त मुद्दामा ‘दाबी नपुग्ने’ भन्दै प्रतिवादी शिवराज श्रेष्ठलाई सफाइ दिएका दिए । 

जिल्ला अदालतको फैसलामा पीडित भनिएकी सोनालीकुमारी सिंह र पीडक भनिएका शिवराज श्रेष्ठ प्रेमी–प्रेमिका रहेको, दुवै जनाको उमेर पुगेको र आपसी सहमतिमै यौन सम्बन्ध स्थापित भएको पाइएका कारण त्यसलाई जबरजस्ती करणी भन्न नमिल्ने भन्दै धनुषा जिल्ला अदालतले बलात्कारको मुद्दाबाट शिवराजलाई सफाइ दिएको थियो । 

जिल्ला अदालतले बलात्कारको मुद्दामा सफाइ दिँदै गर्दा निहारिकाले बालकलाई जन्म दिइसकेका कारण निवेदिकाबाट जायजन्म भएको बालकको हक अधिकारको विषयमा छुट्टै कानुनद्वारा सम्बोधन हुने भन्दै नाता कायमका लागि छुट्टै कानुनी प्रक्रिया पूरा गर्न भनिएको थियो । 

तर धनुषा जिल्ला अदालतले बलात्कारीको पक्षमा फैसला सुनाएको भन्दै निहारिकाले बिरोध गरेकी थिइन् । निहारिकाले ‘बलात्कारी’लाई कारबाहीको माग गर्दै गरेको आन्दोलनमा विभिन्न अधिकारकर्मीहरूले समेत साथ दिए । विभिन्न एनजिओहरूले आर्थिक र कानुनी सहायता गरेर उनको आन्दोलनलाई साथ दिएका थिए । सोही समयमा निहारिकाले बालकको डीएनए टेस्टको माग गरेपछि उच्च अदालत जनकपुरले दबाबकै कारण डीएनए परीक्षण गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि निहारिकाबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गरिएको थियो । परीक्षणबाट बालक र शिवराजको डीएनए ९९ दशमलव ९९ प्रतिशत मिलेको रिपोर्ट आएको थियो । उच्च अदालतमा मुद्दा चल्दै गर्दा पीडित भनिएकी निहारिका राजपुतले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठसँग अंशको माग गर्दै मुद्दा दायर गरेकी थिइन् । निवेदनमा पति शिवराज श्रेष्ठले हेला गरेको र खान लाउन नदिएको उल्लेख थियो । सोही मुद्दामा निहारिका र शिवराजले मिलापत्र गरी श्रीमान् र श्रीमतीको रूपमा नाता कायम गरेका थिए । उक्त मिलापत्रको कागज निहारिकाले उच्च अदालत जनकपुरमा पनि पेस गरेकी थिइन् ।

जिल्ला अदालतबाट श्रीमान्–श्रीमतीकै रूपमा नाता कायम भएपछि आरोपित शिवराज श्रेष्ठ र पीडित भनिएकी निहारिका राजपुत शिवराजकै घरमा सँगै बस्न थालेका थिए । उनीहरुले औपचारिक रूपमा विवाह समेत गर्दै परिवार र बच्चासहितको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

चर्चित मुद्दा भएकाले उच्च अदालत जनकपुरले उक्त मुद्दालाई सकेसम्म टार्ने कोसिस गरिरहेका थिए । न्यायाधीशहरू कहिले हेर्ने नभ्याउने सूचीमा राखेर पन्छिने गरेका थिए भने कहिले अन्य आदेश गरेर पन्छिएका थिए । सो मुद्दामा अन्ततः वैशाख २७ गते बुधवार फैसला सुनाउँदै शिवराजलाई सफाइ दिने जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

निहारिका भन्छिन्, ‘फैसलाबाट खुसी छु, परिवारको माया पाइरहेको छु’

शिवराजलाई सफाइ दिने गरी धनुषा जिल्ला अदालतकै फैसला सदर भएपछिको प्रतिक्रिया के छ भन्ने प्रश्नमा निहारिकाले उच्च अदालतको फैसलाबाट आफू खुसी रहेको बताइन् । संक्षिप्त कुराकानी गर्दै निहारिकाले भनिन्, म फैसलाबाट एकदमै खुसी छु, दुखी हुनुपर्ने केही छैन ।

तर जिल्लाको फैसलामा तपाईँ सन्तुष्ट नभएर पुनरावेदनमा गएको होइन र भन्ने प्रश्नमा पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको बताइन् । निहारिकाले भनिन्, ‘पहिलेको अवस्था र अहिलेको अवस्थामा धेरै फरक परिसकेको छ । अहिले मलाई सासू ससुरा लगायत परिवारका सबै सदस्यले माया गरिरहनु भएको छु । फैसलाबाट म एकदमै खुसी छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४